विश्वपरिक्रमा डेस्क
२० सेप्टेम्वर, वाशिंटन डिसी
कोभिड-१९ को खोप निर्माता फाइजरले आफ्नो खोप ५ वर्षदेखि ११ वर्षका लागि पनि सुरक्षित भएको आज सोमवार दावी गरेको छ । परीक्षणको क्रममा २ तिहाइमा सफलता हासिल भएको जनाइएको छ । तर यसको सुक्ष्म समीक्षा भने गरिसकिएको वा प्रकाशित भएको छैन ।
फाइजरले अमेरिकी औषधी नियामक संस्था खाद्य तथा औषधी प्रशान समक्ष आपातकालिन प्रयोगको अनुमतिका लागि छिट्टै निवेदन दिने जनाएको छ ।
हाल फाइजरको खोप १६ वर्ष माथिका उमेरका लागि पूर्ण स्वीकृति पाएको छ भने १२ देखि १५ वर्ष उमेरका लागि समेत खोप लगाउन अनुमति पाएको छ ।
फाइजरका बोर्ड सदस्य तथा पूर्व एफडिए कमिस्नर डा. स्कट गोटलिवले हलोइन पर्वसम्ममा यो खोप उपलब्ध हुनसक्ने जनाएका छन् ।
अमेरिकामा अहिले खोप लगाउन योग्य जनसंख्या ८५ प्रतिशत रहेको छ । तर ५ देखो ११ वर्ष उमेर समूहका जनसंख्या ९ प्रतिशत रहेको छ । यो खोप लगाउन स्वीकृति प्राप्त भएपछि ९४ प्रतिशत अमेरिकीहरु खोप लगाउन योग्य हुनेछन् ।
गत महिना काइजर फाउण्डेसन फेमिलिले गरेको सर्बेक्षणमा ५ देखि ११ वर्ष उमेर समूहका एक चौथाई अभिभावकले तत्कालै खोप लगाउने वताएका थिए भने १० जनामा ४ जना अभिभावकले “पर्ख र हेर” सिध्दान्त अनुसार कसरी यसले काम गर्छ हेर्ने बताएका थिए । तर एक चौथाई अभिभावकले “निश्चित रुपले नलगाउने” बताएका थिए ।
यस सम्बन्धमा सिएनएनले विस्तृत रिपोर्ट गरेको छ ।