४ भाद्र २०८०, काठमाडौं
प्रख्यात गायक, कवि तथा लेखक योगेश वैद्यको आत्मकथा “स्वर्णिम संस्मरण – आत्म वृतान्त ” उनले ७७औं वसन्त पूरा गरेको उपलक्षमा पारिवारिक जमघटका विच बिमोचन गरियो ।
जन्मोत्सवको अवसरमा सगुनको साथमा उनकी जेठी दिदी उमा कर्माचार्यले रचनात्मक सत्कर्ममा निरन्तर लागिरहन स्वस्थ ,तन्दुरुस्त र शान्त शरीर तथा उर्वर मन र मर्म सदा ताजा रहोस् भनी ईश्वरसंग प्रार्थना गरी आफ्ना भाइको दीर्घ जीवनको कामना गर्दै पुस्तक विमोचन गरेकी थिईन् ।
योगेश वेद्य नेपाली आधुनिक गायनको क्षेत्रमा शिखर व्यक्तत्व हुन् । उनका अनेकन कालजयी गीतहरु लोकप्रिय र कर्णप्रिय छन् ।
विश्वपरिक्रमासँग कुरा गर्दै उनले यस आत्मकथामा “सम्झन लायक तीता मिठा घटनाहरु ” भएको बताए ।
यसअघि उनको “समय प्रवाहमा छुटेका पलहरु” कृति समेत प्रकाशित छ ।