भानु जयन्तीका अवसरमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता

२ साउन,२०८२‌ आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवसर पारेर कुमारी आवासीय माध्यमिक विद्यालय र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा कुमारी आवासीय माध्यमिक विद्यालयमा नेपाली साहित्यको जगःआदिकवि भानुभक्त आचार्य विषयक अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सुसम्पन्न भयो। कुमारी आवासीय माध्यमिक विद्यालयको छाता संस्था युरासिया एकेडेमीका अध्यक्ष पारसमणि पौड्यालको सभापतित्व र प्र .डा महादेव अवस्थीको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रमको […]

Continue Reading

भानु जयन्तीमा बाल साहित्यका कृतिहरू विमोचित

२९ असार २०८२, काठमाडौं भानु जयन्तीको सुअवसर पारेर इन्टरनेसनल स्कुल, धुमवाराहीले एक समारोहबीच बालसाहित्यका दुईवटा कृतिहरू ’नवपालुवाका सम्झनाहरू’ बाल संस्मरणसङ्ग्रह तथा ’पैसा फल्ने रूख’ बालकथा–सङ्ग्रह लोकार्पण गरेको छ । लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रमुख अतिथि नेपाल बालसाहित्य समाजका निवर्तमान अध्यक्ष तथा वरिष्ठ बालसाहित्यका स्रष्टा प्रमोद प्रधानले साहित्यको समाजमा गहिरो प्रभाव पर्ने भएकैले तिनको सम्मानमा […]

Continue Reading

अनेसास न्यूह्याम्पसायरमा भानु जयन्ती

अमेरिका, २९ असार २०८२, न्यूह्याम्सायर अनेसास न्यूह्यामसायर च्याप्टरले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाएको छ । सो कार्यक्रममा ईश्वरी भट्ट, रामचन्द्र भण्डारी, नविन शर्मा, हरिकुमारी गुरूङ, विजया सिंखडा, अनिल संग्रौला, गायत्री पौड्याल, अग्नी पराजुलीहरूबाट आ- आफ्ना रचना वाचन गरिएको थियो। कार्यक्रमा कवि ईश्वरी भट्टको “अनवरत प्रयासहरू” काव्य संग्रहको विमोचन गरिएको थियो। विमोचित कृतिमाथि रामचन्द्र […]

Continue Reading

लघुकथा कृतिको विमर्श एवम एकल लघुकथा वाचन समारोह सम्पन्न

२८ असार २०८२, वालिङ, स्याङ्जा, स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भसंगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा सर्जक लक्ष्मी रेग्मी खनालको लघुकथा कृति “अन्त्य” को विमर्श एवम एकल लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ । […]

Continue Reading

‘हत्केलामा घाम’विमोचित

३१ असार २०८२, काठमाडौं कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित साहित्यकार प्रमोद नेपालको ‘हत्केलामा घाम’ मुक्तक सङ्ग्रह तथा कवि नेपालका गीतहरूको प्रमुख अतिथि वियोगी बुढाथोकी लगायत मञ्चासिन अतिथिहरूबाट एक समारोहका बीच सम्पन्न भएको छ। उक्त कार्यक्रममा लोकार्पित पुस्तकको बारे प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिएका थिए । कवि नेपालद्वारा रचित गीतहरूमाथि साहित्यकार विजयध्वज थापाले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

रमेशगङ्गा स्रष्टा सम्मानले दुई प्रतिभा सम्मानित

३१ असार २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले एक समारोहका बीच ‘रमेशगङ्गा स्रष्टा सम्मान-२०८० ‘ स्रष्टा सरस्वती रिजाललाई तथा ‘रमेशगङ्गा स्रष्टा सम्मान- २०८१’ कवि विधान आचार्यलाई वरिष्ठ साहित्य साधक रमेशचन्द्र देवकोटा,नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’,बागमती प्रदेशका माननीय डा.दिनेशचन्द्र देवकोटा लगायतले प्रदान गरे । नेपाली साहित्य सिर्जनामा निरन्तर लामो समयसम्म साधनारत रहेर उल्लेख्य योगदान पुर्याए […]

Continue Reading

गुञ्जनका पाँच पुरस्कारहरूको निर्णय

३० असार २०८२, काठमाडौं नेपाली लेखिकाहरुको अग्रणी संस्था गुञ्जनको कार्यसमितिको बैठकले गुञ्जनले प्रदान गर्ने पुरस्कारहरूको घोषणा गरेको छ । प्राप्त जानकारी अनुसार गुञ्जन त्रिवेणी पुरस्कार २०८१-डा. बेन्जु शर्मालाई, प्रतिभा पुरस्कार- मन्दिरा मधुश्रीलाई, गुन्जन मातृभाषा पुरस्कार २०८१- सन्जा दनुवारलाई, गुन्जन साहित्य सम्मान-नरेन्द्र बहादुर श्रेष्ठलाई तथा गुन्जन ज्येष्ठ नागरिक सम्मान – हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय […]

Continue Reading

टेक्सासमा “कठै” कथा संङ्ग्रहको चर्चा

१३ जुलाई २०२५, टेक्सास, अमेरिका भानु जयन्तिको अवसरमा श्री कृष्ण प्रणामी हिन्दु समाजको आयोजनामा कथाकार श्यामप्रसाद श्रेष्ठको कथा संङ्ग्रह “कठै”सार्वजनिक गरिनुका साथै सो कृतिको चर्चा कार्यक्रम सम्पन्न भयो । पुस्तक सार्वजनिक गरे पश्चात् आयोजक संस्थाको निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुस्तकको बारेमा संक्षिप्त चर्चा गरेका थिए । लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले लघुकथाको विकासमा संस्थाले खेलेको […]

Continue Reading

विश्व नेपाली साहित्य महासङ्घमा नयाँ नेतृत्व

१३ जुलाई २०२५, काठमाडौं आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । डा. लेखनाथ काफ्ले (ताइवान) को अध्यक्षतामा चयनित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा डेन्जोम साम्पाङ (अमेरिका), उपाध्यक्षहरूमा गोविन्द गौतम (रूस), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौं) र डा. मनमुर्ती […]

Continue Reading

जापानमा भानु जयन्ती

१३ जुलाई २०२५, टोकियो नेपाली राजदुतावासले टोकियोमा काव्यवाचन र स्वागत कार्यत्क्रम गरेर २१२ औं भानु जयन्ती मनाएको छ । जापानमा बसिरहेका स्रष्टाहरूको उपस्सथितिमा भएको सो समारोहमा राजदूत दुर्गाबहादुर सुवेदीले जाति, समाज संस्कृति र राष्टृसित भाषाको ठूलो भूमिका हुने बताउँदै भानुभक्तको योगदान अतुलनीय रहेको बताए । प्रमुख अतिथिको आसनबाट बोल्दै कथाकार धुव मधिकर्मीले अदिकवि भानुभक्तबाट सुरू […]

Continue Reading