गुञ्जनका पाँच पुरस्कारहरूको निर्णय

मुख्य समाचार

३० असार २०८२, काठमाडौं

नेपाली लेखिकाहरुको अग्रणी संस्था गुञ्जनको कार्यसमितिको बैठकले गुञ्जनले प्रदान गर्ने पुरस्कारहरूको घोषणा गरेको छ ।
प्राप्त जानकारी अनुसार गुञ्जन त्रिवेणी पुरस्कार २०८१-डा. बेन्जु शर्मालाई, प्रतिभा पुरस्कार- मन्दिरा मधुश्रीलाई, गुन्जन मातृभाषा पुरस्कार २०८१- सन्जा दनुवारलाई, गुन्जन साहित्य सम्मान-नरेन्द्र बहादुर श्रेष्ठलाई तथा
गुन्जन ज्येष्ठ नागरिक सम्मान – हिरण्य कुमारी पाठकलाई प्रदान गर्ने निर्णय गरेको छ ।
साथै गुन्जनको २७ औं वार्षिक साधारण सभा आगामी २०८२ भदौ १५ गते गर्ने निर्णय गरेको छ र यी पुरस्कारहरु सोही अवसरमा प्रदान गरिनेछ ।
सोही अवसरमा गुन्जनकी संस्थापक डा. मृदुला शर्माद्वारा अनुवाद विधाको क्षेत्रमा पुरस्कार स्थापनाको लागि गुञ्जनका अध्यक्षलाई रू एक लाख राशी हस्तान्तरण गरिन् ।

०००