हाम्रो लघुकथा केन्द्रको स्रष्टा सम्मान र लघुकथाकृति विमोचन

१९ भदौ २०८३, दक्षिणकाली हाम्रो लघुकथा केन्द्रले स्रष्टा सम्मान र हाम्रा लघुकथा संयुक्त लघुकथासङ्ग्रह विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विमोचित लघुकथासङ्ग्रहमा संस्थाका ८१ जना आजीवन सदस्यहरूका लघुकथा र गत वर्ष भदौ १४ गते संस्थाले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय लघुकथा प्रतियोगिताका प्रतियोगी लघुकथा २९ वटा गरी ११० लघुकथाहरू समेटिएका छन् । केन्द्रका अध्यक्ष डा. […]

Continue Reading

केकी एन. दारुवालाको जीवन र साहित्यिक यात्रा

–भाष्कर मैनाली शर्मा, दार्जिलिङ केकी एन. दारुवाला सन् १९३७ मा लाहोरमा जन्मेका भारतीय अङ्ग्रेजी कवि तथा प्रशासक हुन्। पारसी परिवारमा जन्मेका दारुवालाका पिता एन. सी. दारुवाला प्रहरी अधिकृत थिए भने आमाको नामबारे स्पष्ट जानकारी पाइँदैन। बाल्यकाल सन् १९४७ को भारत विभाजनको प्रभावले निकै प्रभावित भयो, जसका कारण परिवारले लाहोर छोडेर भारततर्फ सर्नुपरेको थियो। पिताको जागिरका […]

Continue Reading

‘हाम्रा केही लोककथा’मा सङ्कलित लोककथाहरूको विषयवस्तुगत अध्ययन

नवीन पौड्याल, कालिम्पोङ   १. आमुख – लोकसाहित्यबारे सामान्य चर्चा – मानिसको सुन्दर भावनाको सिर्जनात्मक अभिव्यक्तिको एउटा प्रमुख माध्यम साहित्य हो। साहित्यलाई पनि सामान्य साहित्य र लोकसाहित्य गरी दुई प्रमुख प्रकारमा वर्गीकरण गरिएको पाइन्छ। लोकबाट रचिएको साहित्यलाई लोकसाहित्य भनिन्छ। यो लोकजीवनको सरल, सहज र स्वाभाविक अभिव्यक्ति हो। लोकभाषा र लोकसाहित्य कुनै पनि भाषा-साहित्यको मूल आधार […]

Continue Reading

कवि तथा गीतकार भीमफेदीया विद्यालयमा सम्मानित

१८ बैशाख २०८३, भीमफेदी कवि तथा गीतकार सुभाषचन्द्र पौडेल’भीमफेदीया’आफ्नो गाउँ भीमफेदीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको एक विशेष कार्यक्रममा बुद्ध जयन्तीका दिन सम्मानित भएका छन्। वि.सं.२००४ सालमा स्थापित विद्यालयको ७९ औँ वार्षिक उत्सवका अवसरमा आयोजित वार्षिक भेलामा भएको सो कार्यक्रममा उनलाई सम्मान गरिएको हो। विद्यालयको प्रगति प्रतिवेदन,शैक्षिक सत्र २०८३ को कार्य योजना तथा विद्यार्थी पुरस्कार र […]

Continue Reading

अमेरिकाको घाम: अनुभूति, चेतना र आत्मचिन्तनको उज्यालो दस्तावेज

तोमनाथ उप्रेती छविरमण सिलवाल नेपाली साहित्यका एक बहुमुखी स्रष्टा हुन्, जसले कविता, नियात्रा, समीक्षा, बालसाहित्य र हास्यव्यङ्ग्य जस्ता विविध विधामा महत्वपूर्ण योगदान दिएका छन्। उनको लेखन सरल, संवेदनशील र जीवनको यथार्थसँग गहिरो रूपमा जोडिएको पाइन्छ। ‘डोरम्याट’, ‘ग्रिनविचको साँझ’ र ‘अमेरिकाको घाम’ जस्ता कृतिहरूमार्फत उनले पाठकलाई सामाजिक यथार्थ, मानवीय अनुभूति र अन्तर्राष्ट्रिय परिवेशसँग परिचित गराएका छन्। […]

Continue Reading

`बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

१३ वैशाख २०८३, स्याङ्जा युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू पोइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो । उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक […]

Continue Reading

“बोकेदाह्री” लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

१२ बैशाख २०८३, काठमाडौं छहरा साहित्य समाज, धापासीले ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा योगेन्द्र तिमिल्सिनाको लघुकथासङ्ग्रह “बोकेदाह्री”को परिचर्चा कार्यक्रम समाजका सदस्यहरुका निम्ति सम्पन्न गरेको छ । कार्यक्रम सभाध्यक्ष, विशेष अतिथि जस्ता औपचारिकता नगरी अनौपचारिकरुपमा कार्यक्रम सञ्चालन गरिएको थियो । संस्थाका उपाध्यक्ष तोया गौतमले सहजीकरण गर्नु भएको सो कार्यक्रममा वक्ताहरुले “बोकेदाह्री” लघुकथासङ्ग्रहभित्रका आफूलाई मन पर्ने कथाहरुको चर्चा […]

Continue Reading

“मुनाल” मुक्तकसङ्ग्रहको लोकार्पण तथा सिर्जना वाचन कार्यक्रम

१२ बैशाख २०८३, स्याङ्जा, बलमाटा । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृतिको रूपमा ८३ वटा मुक्तक सङ्ग्रहीत मुनाल (बतासे प्रेम) को लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम- २०८३ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका सात नम्बर वडा कार्यालय, स्याङ्जाको आयोजनामा भीरकोटको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको […]

Continue Reading

लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा शारदा मरहट्टा सम्मानित

११ बैशाख २०८३, काठमाडौं । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य एवं साहित्यकार लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गऱ्यो । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले […]

Continue Reading

सांस्कृतिक निबन्धहरुको सङ्ग्रह हाय राजमती बजारमा

९ बैशाख २०८२, काठमाडौं दिवंगत कवि, निबन्धकार, पत्रकार तथा सांस्कृतिक अध्येता सुरेश किरणको ‘हाय राजमती’ नामक सांस्कृतिक निबन्धहरुको संग्रह बजारमा आएको छ । यस सङ्ग्रहमा रहेका २४ निबन्धहरू जात्रा, भूमि, बाजा र जाति, विस्तारित भूमि र विविध गरी पाँच खण्डमा बिभाजित छन् । यस पुस्तकको सम्पादन साहित्यकार गोविन्द गिरी प्रेरणाले गरेका हुन् । प्रकाशनको क्षेत्रमा […]

Continue Reading