निरा सुब्बा नेचालीको ‘निकुञ्जराग’ पढेपछि

भाष्कर मैनाली शर्मा, दार्जिलिङ नेपाली साहित्यमा समय–समयमा यस्ता कृतिहरू प्रकाशित हुन्छन्, जसले केवल साहित्यिक स्वाद मात्र प्रदान गर्दैनन्, बरु समाज, प्रकृति, संस्कृति, इतिहास र मानवीय संवेदनाका अनेकौँ आयामहरूलाई एकैसाथ उजागर गर्ने सामर्थ्य राख्छन्। कवयित्री निरा सुब्बा नेचाली द्वारा लिखित ‘निकुञ्जराग’ त्यस्तै एक सशक्त काव्यकृति हो। सन् २०२६ मा पहिलोपटक प्रकाशित भएको यस कवितासङ्ग्रहमा १४४ पृष्ठभित्र […]

Continue Reading

हरीश मोक्तान अल्लरेको यौन कथासङ्ग्रहमा ‘डार्क फेन्टासी’

नवीन पौड्याल, कालिम्पोङ नेपाली कथा साहित्यमा नयाँ नयाँ कथाकार देखा पर्दैछन् भने पुराना कथाकार पनि उत्तिकै सक्रिय छन्। पुरानालाई नयाँ पुस्ताका कथाकारले पालो पनि दिंदैछन्। पहिलो, दोस्रो, तेस्रो, चौथो क्रमश¬¬¬¬ रूपमा चरण-उपचरण गरी नेपाली कथाको फाँट विस्तार भइरहेको पाउँछौं। यसो हुनु हाम्रो साहित्यको श्रीवृद्धिका निम्ति शुभ संकेत हो। नित्य नवीन चेतनाका कथाले हाम्रो विषयगत वैविध्य, […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न

२९ जेठ २०८३, काठमाडौं २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको एकतीसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत शुरु गरिएको यस कार्यक्रममा सधैँ झैँ कुनै एक दिवंगत स्रष्टाको सम्मानमा उहाँको एउटा प्रकाशित कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिन्छ । त्यस अनुसार यस पटक कथाकार […]

Continue Reading

नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा सम्पन्न

१४ जेठ २०८३, काठमाडौं नियात्रा समाज नेपालको आयोजनामा नियात्राकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्व बारे परिचर्चा कार्यक्रम लेखिकाकै निवासमा सम्पन्न भयो । कार्यक्रममा नियात्राकार तथा कथाकार चन्द्रप्रसाद भट्टराई, समालोचक डा.ज्ञानु अधिकारी, नियात्राविद् जय छाङ्छा नियात्राकार पवन आलोक, तथा गीता खत्रीले इल्या भट्टराईको व्यक्तित्व र कृतित्वबारे प्रकाश पारे । परिचर्चाका क्रममा बक्ताहरूले लेखिका ईल्याका पाँच नियात्रा […]

Continue Reading

रामप्रसाद पन्तका दुई नियात्राकृति र एउटा गीतको लोकार्पण सम्पन्न

२ जेठ २०८३, काठमाडौं नियात्राकार रामप्रसाद पन्तका चौबीसौँ र पच्चीसौँ नियात्राकृतिहरू’शिखर शिखरको सौर्न्दर्य’र ‘शिवलोकको आलोक’को लोकार्पण भएको छ। सो पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराई , सभाध्यक्ष दायित्व वाङ्मय प्रतिष्ठान,नेपालका उपाध्यक्ष प्रा.डा.भागवत ढकाल तथा मञ्चासिन व्यक्तित्वहरू प्रा.डा.रामप्रसाद ज्ञवाली,स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ’रोदन’समालोचकद्वय प्रमोद प्रधान र युवराज मैनाली,नियात्रा समाजका अध्यक्ष मोहन चापागाई ले सामुहिक रुपमा […]

Continue Reading

नेपाल-भारत साहित्यिक सांस्कृतिक सद्भाव कार्यक्रम सम्पन्न

३० बैशाख २०८३, काठमाडौं जरा फाउन्डेसन नेपाल,साहित्यिक पत्रकार संघ तथा शान्ति साहित्य परिवारको संयुक्त आयोजनामा राजधानीमा नेपाल-भारत सांस्कृतिक सद्भावको एक दिवसीय साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। विश्व बंग साहित्य तथा संस्कृति सम्मेलन कार्यक्रममा भारतको कोलकाता तथा सिक्किमबाट आएका साहित्यकारहरूलाई स्वागत गरिएको थियो । कार्यक्रममा उनीहरूले कविता तथा गीतहरू प्रस्तुत गरेका थिए। सो कार्यक्रममा […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न

२५ बैशाख २०८३, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौंमा गरिँदै आएको मासिक कथावाचन कार्यक्रमको तीसौं श्रृङ्खला सम्पन्न भएको छ । सधैँ झैँ कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर कार्यक्रम आरम्भ गर्ने गरिए अनुसार सर्वप्रथम कथाकार हृदयचन्द्र सिंह प्रधानको कथा ‘सौता’ डा पबित्रा अधिकारीले वाचन गरिन् […]

Continue Reading

त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न !

२६ बैशाख २०८३, काठमाडौं शब्दार्थ प्रकाशनको आयोजनामा लघुकथाका त्रय स्रष्टा प्रा. विश्वराज अधिकारी , डा. कुसुमाकर शर्मा गौतम र खेमराज पोखरेलद्वारा रचिएको त्रिकुटी संयुक्त लघुकथासङग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । लोकार्पण प्राध्यापक , छन्दकवि पीताम्बर दाहाल , प्रमुख अतिथि भागिरथी श्रेष्ठ , वक्ताहरू डा. दीनबन्धु शर्मा , महेश पौडेल , डा. नवराज खतिवडा , […]

Continue Reading

मृत्यु-उत्सव कविताकृति लोकार्पित

२५ बैशाख २०८३, काठमाडौं कवि शेखर ढुङ्गेलको कविताकृति‘मृत्यु–उत्सव‘को लोकार्पण भएको खबर छ। साहित्यिक पत्रकार संघको आयोजित कार्यक्रममा मञ्चासिन अतिथिहरू कलाकार मदन दास श्रेष्ठ, कलाकारतथा कवि नरेन्द्र बहादुर श्रेष्ठ,समालोचक प्रमोद प्रधान,वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ,साहित्यकार गोविन्द गिरीप्रेरणा,इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी,अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी,पत्रकार देवप्रकाशत्रिपाठी,नेपाल गीतकार संघका अध्यक्ष वसन्त थापा‘वित्यासी‘,अनेसास के.स.तारा उप्रेती ( क्यानडा ) तथा […]

Continue Reading

‘श्रम–श्रमिक विशेष कविता’: शब्दमा पसिनाको गाथा र सङ्घर्षको स्वर

१८ बैशाख २०८३, काठमाडौं श्रमिकका हातका ठेला र निधारको पसिनालाई शब्दको माला उनेर कलङ्कीमा श्रमको एउटा विशेष उत्सव मनाइएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा जागरण एकेडेमीको सभाहलमा आयोजित ‘श्रम–श्रमिक विशेष कविता वाचन कार्यक्रम–२०८३’ मा झन्डै तीन दर्जन कविहरूले आफ्ना ओझपूर्ण रचनामार्फत श्रमजीवी वर्गको सङ्घर्ष र स्वाभिमानलाई मुखरित गरे। वर्तमान कविता समूह र रातो घर फाउन्डेसनको […]

Continue Reading