“नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी”लाई साहित्य अकादमी पुरस्कार

१६ मार्च २०२६, नयाँ दिल्ली भारतको साहित्य अकादमी पुरस्कारको घोषणा भएको छ र सन् २०२५ को नेपाली भाषा तर्फको साहित्य अकादमी पुरस्कार “नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी” कृतिका लागि सिक्किमेली साहित्यकार चन्द्रप्रकाश भट्टराई शर्मालाई प्रदान गरिने भएको छ । साहित्य अकादमीले जनाए अनुसार यो कृति पुरस्कार प्रदानका लागि मोहन ठकुरी, पूर्ण योन्जन तथा रुद्र […]

Continue Reading

सर्वोच्च अदालतले एकेडेकीका आजिवन सदस्यको सुविधा रोक्यो

१ चैत २०८२, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्यहरूले आजिवन भत्ता सुविधा पाउँदै आएकोमा दोहोरो रुपमा सुविधा पाउनेहरूको भत्तालाई सर्वोच्च अदालतले रोकिदिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले आइतबार फैसला गर्दै सो निर्णय गरेको हो । पञ्चायतकालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा सीमित प्राज्ञिक ब्यक्तिलाई आजिवन सदस्यता प्रदान गर्ने गरिन्थ्यो […]

Continue Reading

मासिक कथावाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न

२९ फागुन २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि काठमाडौंमा आयोजन गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको अठ्ठाइसौं श्रृङ्खला सम्पन्न भएको छ । नेपाली साहित्यका यशस्वी साधक विजय मल्ल (१९८२ असार–२०५६साउन)को शतवार्षिकीको अवसरमा पूरै कार्यक्रम उनको एउटै कथामाथि समर्पित थियो । यौन मनोविज्ञानमा आधारित विजय मल्लको चर्चित कथा ‘कालो चस्मा’ नेपाली छात्र […]

Continue Reading

“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा

“भवानी साहित्यिक पत्रकारिता सम्मान”को घोषणा १ चैत २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले दुई साहित्यिक पत्रकारहरू रमेश पोखरेल (कार्यकारी सम्पादक – शब्द संयोजन मासिक” र प्रविन जोशी (शृङ्खला साहित्यिक मासिकको संपादक/प्रकाशक) विसं २०८१ तथा २०८२ को “भवानी साहित्यिक पत्रकारिता सम्मान” प्रदान गर्ने भएको छ । वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ […]

Continue Reading

अनेसासको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न

८ मार्च २०२६, एटलान्टा अनेसासले गर्दै आएको छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सम्पन्न भएको छ। मार्च ६ देखि ८ सम्म अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा आयोजित उक्त सम्मेलन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय महिला समितिको आयोजनामा तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जर्जिया च्याप्टरको संयोजनमा सम्पन्न भएको हो। सम्मेलनको पहिलो दिन साहित्यकार, अतिथि तथा प्रतिनिधिहरूबीच […]

Continue Reading

गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’प्रदान गरिने

२७ फागुन २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले गत वर्षदेखि प्रदान गर्दै आएको ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गर्ने घोषणा गरेको छ । स्रष्टा खरेलले गीत सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याए बापत एक लाख १११ रुपैयाँ नगद राशिसहितको उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । ६ […]

Continue Reading

नेपाल भाषाका कवि सुरेश किरणको अवसान

२६ फागुन २०८२, काठमाडौं नेपाल भाषाका शक्तिशाली कवि, पत्रकार, ब्यङ्ग्य लेखक तथा साँस्कृतिक निबन्ध लेखनका सिध्दहस्त प्रतिभा सुरेश किरणको हृदयाघातको कारण २५ फागुन २०८२ का दिन देहान्त भएको छ । उनी पछिल्लो समय भाषा आयोगका सदस्य रहेका थिए । वि.सं.२०२३ सालमा जन्मेका उनले नेपाल भाषाको पत्रिका ‘ईनाप’ बाट पत्रकारिता सुरु गरेका थिए । उनले नागरिक […]

Continue Reading

केही हाइकु

सुभाषचन्द्र पौडेल भीमफेदीया, धुम्बाराही,काठमाडौं। पूर्व नभमा उदाउँछन् सधैँ पूज्य भास्कर। पश्चिममा जो अस्ताउँछन् सधैँ ती दिवाकर। कस्तूरी मिर्ग जङ्गल कुद्या कुद्यै नाभिको वास्ना। गैरी खेतमा हलो पनि जोतियो बीउ छर्नु छ। ०००

Continue Reading

“व्यथित काव्य सम्मान” तथा “व्यथित काव्य डायसपोरा सम्मान” को घोषणा

२५ फागुन २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघले ४ कविलाई “व्यथित काव्य सम्मान” प्रदान गर्ने घोषणा गरेको छ । सापसले जनाए अनुसार कविहरु विसं २०८२ को “व्यथित काव्य सम्मान” विमला तुम्खेवा र मीनकुमार नवोदितलाई तथा २०८२ को “व्यथित काव्य डायसपोरा सम्मान” कविहरु लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई प्रदान गर्ने जनाइएको छ । सो […]

Continue Reading

नगेन्द्रराज शर्मा तथा रोचक घिमिरे रेखा-पवन स्रष्टा सम्मानबाट सम्मानित

२४ फागुन २०८२, काठमाडौं यसै वर्षको रेखा- पवन स्रष्टा सम्मान वरिष्ठ साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई जनही रू ५० हजार ५१ नगद रकम सहित समर्पण गरिएको छ। सम्मानित व्यक्तित्वहरूलाई अध्यक्ष श्रीओम श्रेष्ठले दुबोको माला लगाएर अभिनन्दन गरेका थिए भने पवन आलोकले सम्मानित व्यक्तित्व नगेन्द्रराज शर्मालाई सम्मानपत्र अर्पण गरेका थिए। त्यसैगरी अर्का सम्मानित व्यक्तित्व […]

Continue Reading