४ फरवरी २०२६, गान्तोक
तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको तुलसी ‘कश्यप’ स्मृति पुरस्कार २०२६ का लागि कथाकार उषा शर्माको कथा सङ्ग्रह ‘गन्तव्य’ लाई प्रदान गरिने निर्णय गरिएको छ।
तुलसीराम शर्मा ‘कश्यप’ प्रतिष्ठान, सिक्किमको तर्फबाट समन्वयक डिल्लीप्रसाद अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार नगद रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ), प्रशस्ति पत्र तथा स्मृति चिन्ह सहितको सो पुरस्कार आगामी फरवरी ११ का दिन नेपाली साहित्य परिषदमा आयोजना हुने तुलसी ‘कश्यप’ जयन्ती समारोहका अवसरमा विशेष कार्यक्रमबीच प्रदान गरिनेछ।
यस पुरस्कारमार्फत समकालीन नेपाली साहित्यका उल्लेखनीय र उत्कृष्ट पुस्तकलाई सम्मान गर्ने उद्देश्य प्रतिष्ठानले लिँदै आएको छ।
बिज्ञप्तिमा भनिएको छ, प्रतिष्ठानले कथा विधामा सशक्त र संवेदनशील अभिव्यक्ति प्रस्तुत गर्ने उषा शर्माको कृति ‘गन्तव्य’ लाई पुरस्कारका लागि चयन गरिएको जानकारी गराउँदै कथाकारलाई हार्दिक बधाई एवं शुभेच्छा व्यक्त गरेको छ ।
स,मरणीय छ, तुलसीराम कश्यपलाई सिक्किमको महाकवि समेत भन्ने गरिन्छ ।
०००
