विभिन्न स्रष्टाहरु म्यूजिक खबरबाट सम्मानित

समाचार

२०८० असोज २९, काठमाडौं 

स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा स्रष्टा सम्मान एवं बडा दशैंको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्‍यो ।

राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिपष्ठानका निवर्तमान उपकुलपति संगीतरत्न शम्भूजीत बास्कोटाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विशिष्ट अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष वरिष्ठ साहित्यकार राधेश्याम लेकाली रहेका थिए ।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान, गायक प्रकाश सपुतलाई उत्कृष्ट वर्ष गायक, गायिका शान्तिश्री परियारलाई उत्कृष्ट वर्ष गायिकाको सम्मान तथा सङ्गीतकार दिपक शर्मालाई वर्ष संगीतकार’ बाट सम्मानित गरिएको थियो । म्यूजिक खबर कला सम्मानबाट म्यूजिक भिडियो निर्देशक प्रकाश भट्ट, मोडल सागर लम्साल क्षेत्री बले र एरेन्जर नरेन्द्र वियोगीलाई सम्मान गरिएको थियो ।

पत्रकारिताबाट पत्रकार निराजन भण्डारी, व्यवसायीबाट इन्द्रेणी स्वीट होटल एवं इन्द्रेणी कप्लेक्सका संचालक शम्भू श्रेष्ठ, म्यूजिक खबर साहित्य सम्मानबाट साहित्यकार अनु शाह सम्मानित भईन् । युवा पत्रकार रश्मी थापा र जीना कार्की, संगीतकार सुभाष प्रधान, म्यूजिक खबर गायन सम्मानबाट गायक हरिराम परियार, गायिका सन्जु न्यौपाने, गायिका कल्पना सुनुवार, मोडल अनिता गिरी, सीबी माउन्ट फ्रेमिङका संचालक च्याङ्बा लामा, तथा कार्यक्रम प्रस्तोताको सम्मानबाट सेसेमी लिम्बु सम्मानित  भएका थिए ।

सम्मानित ब्यक्तित्वहरूलाई कार्यक्रमका क्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति शम्भुजित बास्कोटा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, तमु कलाकार संघका अध्यक्ष बरिष्ठ गायिका शर्मिला गुरुङ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइराला, रोयल्टी संकलन समाजका उपाध्यक्ष चन्द्र शर्मा, बरिष्ठ गायक दुर्गा रायमाझी तथा कार्यक्रमकी अध्यक्ष सबिता पोखरेललगायतले सम्मान पत्र, माला तथा खादा ओढाएर सम्मान गरेका थिए ।
म्यूजिक खबर पत्रिकाकी सम्पादक तथा प्रकाशक सबिता पोखरेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रको सहजीकरण सेसेमी लिम्बुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *