रुक्मणिराज स्मारक कोषको तेश्रो स्मृति दिवस सम्पन्न

मुख्य समाचार

१७ मंसिर २०८१, काठमाडौं

रुक्मणिराज स्मारक कोषले तेश्रो स्मृति दिवस, विभिन्न सम्मान वितरण तथा ज्ञानगुनका कुराका विभिन्न अङ्कहरुको विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको प्रमुखआतिथ्य, सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार श्रीप्रसाद पण्डितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका विशेष अतिथि पूर्व संस्कृति मन्त्री आनन्द पोखरेल रहेका थिए ।
कार्यक्रममा रुक्मणिराज सिवाकोटी स्रष्टा सम्मान साहित्यकार पुष्कर लोहनीलाई। रुक्मणिराज सिवाकोटी पत्रकारिता सम्मान पत्रकार गोपाल थपलियालाई, २०८० सालको सर्वोत्कृष्ट आध्यात्मिक कृति सम्मान शिवप्रसाद ढकाललाई, गौरवशाली सिवाकोटी बन्धु सम्मान डा. गोपाल सिवाकोटीलाइ (त्रि.वि.का राजनीति शास्त्रका प्राध्यापक, मरणोपरान्त), गौरवशाली सिवाकोटी चेली सम्मान डा. गीता खरेल सिवाकोटीलाई, न्याय स्रष्टा सम्मान पूर्व न्यायाधीश डिल्लिराज आचार्यलाई, विज्ञानका कुरा स्रष्टा सम्मान डा. मुकेश कुमार चालिसे तथा विजयराज आचार्यलाई, रोचक घिमिरे साहित्यिक पत्रकारिता सम्मान श्रीओम श्रेष्ठ रोदनलाई प्रदान गरिएको थियो ।
सो अवसरमा रुक्मणिराज सिवाकोटी स्मृति ग्रन्थ, दमननाथ ढुङ्गाना अङ्क, दीपक जङ्घम अङ्क, डा. महेशराजबपन्त अङ्क, डा. गीता खरेल सिवाकोटी अङ्क, डा. गोपाल सिवाकोटी अङ्क, गोपाल थपलिया अङ्क, पुष्कर लोहनी अङ्क, श्रीओम श्रेष्ठ रोदन अङ्क सहित १६ अङ्कहरुको विमोचन समेत गरिएको थियो ।
स्मरणीय छ, सम्पादक शेषराज सिवाकोटीले लामो समयदेखि ज्ञानगुनका कुरा प्रकाशन गर्दै आइरहेका छन् र हालसम्म सयौं जीवित तथा दिवङ्गत स्रष्टाहरुका अङ्कहरु तथा ग्रन्थहरुको प्रकाशन गरिसकेका छन् ।

०००

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *