१८ साउन २०८१, काठमाडौं
काठमाडौंमा २ दिनसम्म चल्ने किताब जात्राको छैठौं संस्करण शुरु भएको छ । साउन १८ र १९ दुई दिन चल्ने यो किताब जात्रामा पुस्तक बिमोचन, साहित्यका बिबिध पक्षमा बिबिध सत्रहरुमा छलफल तथा पुस्तक प्रदर्शनी समेत भइरहेको छ ।
किताब प्रबर्धनको उद्देश्यले गरिने यो किताब जात्रा काठमाडौं र नयाँ दिल्लीमा सम्पन्न हुने गरेको छ ।
किताब जात्राको यो छैठौं संस्करणको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाली सेनाको आर्मि अफिसर्स क्लबमा उद्घाटन गरेका हुन् ।
किताब जात्राको अवसरमा पुरस्कार पनि दिने गरिएको छ । यस बर्ष उद्घाटन समारोहमा रु एक लाख एघार हजार एक सय एघार राशीसहितको “प्रेम साहित्य सम्मान-२०८१” बाट साहित्यकार विप्लव प्रतीक सम्मानित भए ।
किताव यात्राका प्रमुख ऋषिराम अधिकारी हुन् ।