इस्मालीलाई महोत्तरी प्रतिभा पुरस्कारको घोषणा

मुख्य समाचार

२५ साउन २०८०, काठमाडौं

कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवागुठीको कोष व्यवस्थापनमा हरेक वर्ष समर्पण गर्ने गरी शब्दयात्रा प्रकाशनमा स्थापना गरिएको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार-२०८०’ कथाकार इस्माली मा समर्पण गरिने घोषणा गरिएको छ । स्थापनाको पहिलो बर्षमा यो पुरस्कार ईश्मालीलाई प्रदान गर्न लागिएको हो ।
गीतिभास्कर मच्छेश्वर सापकोटाको संयोजकत्वमा गठित ‘पुरस्करणीय व्यक्तित्व चयन समितिको सिफारिसमा शब्दयात्रा प्रकाशनले यो घोषणा गरेको हो ।
पुरस्कारमा रु२५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमाला रहनेछ ।
महेश्वरप्रसाद उपाध्याय पौडेल)
महोत्तरी जिल्लाको औरहीमा २०१२ साल जेठमा जन्मनुभएका महेश्वरप्रसाद उपाध्याय पौडेलको साहित्यिक नाम इस्माली हो । लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरी हाल निवृत्त जीवन बिताइरहेका उनका नेपाली भाषामा कथा, उपन्यास र बालकथाका विभिन्न पुस्तकहरू प्रकाशित छन् ।

Leave a Reply