२७ पुस २०८०, काठमाडौं
पृथ्वीजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा विशेष प्रतियोगितात्मक कवि गोष्ठी तथा वरिष्ठ कवि विनोद अश्रुमालीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गर्यो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि कृष्ण प्रधानले गरेका थिए । विशिष्ट अतिथि टोखा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष शान्ता पौडेल र विशेष अतिथि नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम पौडेल रहेको सो कार्यक्रममा किशोर पहाडी, बमबहादुर थापा जिताली, भिष्म उप्रेती, विमल वैद्य, प्रा. गङ्गाधर कट्टेल, बाबुराम गौतम, प्रमोद नेपाल, बासुदेव बोगटी, मिलन अधिकारी आदि कविहरु लगायतका कवि तथा साहित्यकारको उपस्थिति रहेको थियो । ह्वाइट माउण्टेन स्कुलका प्रिन्सिपल तिलक शर्मा पौडेलले मञ्चमा आसिन अतिथिहरुलाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए ।
समारोहमा कवि विनोद अश्रुमालीलाई दोसल्ला, सम्मान–पत्र, पुष्पमाला र ११ हजार रुपैयाँ राशि सहित सम्मान अर्पण गरिएको थियो ।
१० जना कविहरूले प्रतियोगितामा भाग लिएकोमा कवयित्री मन्दा पौडेलले प्रथम भै पाँच हजार, प्रेमराज मंग्राती द्वितीय भै तीन हार तथा पोषराज सुवेदी तृतीय भै दुइ हजार नगद पुरस्कार प्राप्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्ण प्रधानले साहित्यकार विनोद अश्रुमालीको व्यक्तित्व र कृतित्वमाथि विस्तृत चर्चा गरे ।
टोखा नगरपालिकाबाट सहयोग प्राप्त सो कार्यक्रममा वडा नं. ६ का अध्यक्ष शान्ता पौडेल र नगरपालिकाका शिक्षा विभाग प्रमुख बाबुराम गौतमले यस्ता क्रियाकलापहरूमा नगरपालिका सदैव साथ रहने बचनबद्धता प्रकट गरे । सो कार्यक्रममा समाजका सचिव भोलाप्रेमी उपाध्यायले स्वागत मन्तव्य तथा कोषाध्यक्ष आनन्द पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
स्थानीय ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा आयोजित सो कार्यक्रमको सञ्चालन कवि तोया गौतमले गरेका थिए ।