भोजपुरे सम्मान र पुरस्कार हिरण्य र करुणालाई

समाचार

२ जनवरी २०२४, लण्डन

भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई-दुई वर्षमा प्रदान गर्दै आएको प्रतिभा सम्मान ख्यातिप्राप्त साहित्यकार तथा गायक हिरण्यभोजपुरेलाई तथा प्रतिभा पुरस्कार कवयित्री करुणा राईलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानले जनाए अनुसार सम्मानका साथ १५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै प्रतिभा पुरस्कारमा ३५ हजार रुपैयाँ हुनेछ ।

प्रतिष्ठानले प्रतिभा सम्मान पूर्णप्रकाश यात्री, परशु प्रधान, कृष्ण जोशी, जीबी लुगुन, शैलेन्द्र साकार, मन्जुल र गणेश रसिक, ज्ञानमणि नेपाल र श्याम तमोटलाई प्रदान गरिसकेको छ ।

यसैगरी प्रतिभा पुरस्कार श्रवण मुकारुङ, दिनेश वान्तवा, विप्लव ढकाल, विमल गीरी, मीरा राई, पूर्ण ईन्फादा, भीषण मुकारुङ तथा कविता राईलाई प्रदान गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *