५ मंसिर २०८१, काठमाडौं
असम नेपाली साहित्य सभाले कीर्तिशेष स्रष्टा निरु शर्मा पराजुलीका नाममा स्थापित “निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार” प्रा.डा. देवी नेपाललाई प्रदान गर्ने भएको छ ।
सो पुरस्कार डिसेम्बर ५देखो ८ सम्म उत्तरी असमको गोलाघाटमा हुने सभाको १६ औँ महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा प्रदान गरिनेछ ।