स्रष्टा समाज र सिक्किमेली साहित्यकारवीच अन्तर्कृया सम्पन्न

मुख्य समाचार

२१ कार्तिक २०८० गान्तोक

पूर्वोत्तर भारतको नेपालीभाषी क्षेत्रको भ्रमणमा रहेको नेपाल स्रष्टा समाजको टोली र सिक्किम साहित्य परिषदका पधाधिकारीविच समसामयिक साहित्य विषयमा सिक्किमको राजधानी गान्तोक शहरमा अन्तरक्रिया सम्पन्न भएको छ । परिषद भवनमा सम्पन्न सो कार्यक्रममा परिषदका अध्यक्ष हरि ढुङ्गेलले सिक्किमको समग्र साहित्यिक स्थितिको जानकारी गराएका थिए । त्यसैगरी नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यको वर्तमान स्थितिको बारेमा प्रकाश पारेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा समाज र परिषदकाविच आगामी दिनमा हुनसक्ने सम्भाव्य सहकार्यका बारेमा पनि छलफल भएको थियो ।
छलफलमा सिक्किमका साहित्यकारहरू रत्ना सुब्बा, टीका ढुङ्गेल, भीम रावत, जी. एस. नेम्वाङ, कुवेर विष्ट, राधा पाण्डे, जीविका अश्रु, चन्द्र दुलाल थिए । नेपाल स्रष्टा समाजका टोलीका साहित्यकारहरु नगेन्द्रराज शर्मा, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, चेतनाथ कडेल “हरित”, देविका तिमिल्सिना, प्रकाश घायल, तारा सुवेदी, डा. शान्तिमाया गिरी, शंकर भारती, मधु पाठक र माधव बिडारी “चेतनपथ” गरी कुल एघार जनाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *