१२ साउन २०८०, काठमाडौं
पन्त स्मृति प्रतिष्ठानले बर्षै पिच्छे गर्दै आएको सम्मान पुरस्कार पाउने सम्मानित व्यक्तित्वहरूको नाम घोषणा गरेको छ ।
प्रतिष्ठानले जनाए अनुसार रामराज पन्त स्मृति सम्मान पुरस्कार उपन्यास “आतो ओडा” उपन्यासकारका लागि जानुका खतिवडा, गोपाल राज पन्त स्मृति पुरस्कार हास्य कलाकार शैलेन्द्र सिम्खडा, सदिच्छा वाल प्रतिभा पुरस्का वाल कलाकार सीता रावल, सीताश्री स्मृति पुरस्कार कलाकार रुपक राई, मैयाँ वासुदेव स्मृति पुरस्कार संस्कृतिविद् डा. शशी थापा, बन्धु पन्त स्मृति पुरस्कार साहित्यिक पत्रिका शिवपुरी सन्देशका सम्पादक वियोगी वुढाथोकी, टिका मुकुन्द पन्त स्मृति पुरस्कार समालोचक प्रा. डा. भागवत ढकाल, आमा इन्दिरा पन्त स्मृति पुरस्कार समाजसेवी सुस्त श्रवण कोपिला हुमागाईं, सुशीला पन्त स्मृति पुरस्कार वाल साहित्यकार गोपाल पराजुलीलाई प्रदान गरिनेछ ।
यी सवै पुरस्कारहरु २०८० भाद्र १ गते काठमाडौंमा एक समारोहको आयोजना गरी प्रदान गरिने कुरा प्रतिष्ठानले आफ्नो विज्ञप्तिमा जनाएको छ ।