पद्मश्री पुरस्कार तथा सम्मान अर्पण सम्पन्न

मुख्य समाचार

११ कार्तिक २०८०, काठमाडौं

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनले काठमाडौंमा आयोजित एक विशेष समारोहमा पद्मश्री पुरस्कार “मनु” उपन्यासका लागि, पद्श्री साधना सम्मान कलाकार दुर्गा वराललाई तथा पद्मश्री गौरव पुरस्कार शिक्षाविद डा. सुरेशराज शर्मालाई अर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कृत तथा सम्मानित सवैलाई दुवोको माला, फूलको माला, सम्मानपत्र एवम् नगद समर्पण गरे । पुरस्कार तथा सम्मान सवैमा तीन लाख रुपेयाँ रहेको छ ।
सो कार्यक्रममा डा. जयराज आचार्यले विद्वत् प्रवचन दिएका थिए । स्कन्द पुराण, हिमवत् खण्ड, पशुपतिनाथका विविध पक्षलाई जोड्दै उनले नेपाली साहित्यसँग ती सवको तादात्म्यवारे निकै गहन प्रवचन दिएका थिए ।
कार्यक्रममा पुरस्कृत तथा सम्मानित तीनै प्रतिँाले आआफ्ना मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको शुरुमा सभाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने स्वागत तथा धन्यवाद मन्तव्य दिंदै पुरस्कार तथा सम्मानका वारेमा प्रतिष्ठानको धारणा राखेका थिए ।
कार्यक्रम साहित्यकार श्री ओम श्रेष्ठ रोदनले सञ्चालन गरेका थिए ।

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासका लागि साहित्यकार डा. देवीप्रसाद सुवेदी, पद्मश्री साधना सम्मानका लागि कार्टुनिष्ट/कलाकार दुर्गा बराल बात्स्यन र पद्मश्री गौरव पुरस्कारका लागि शिक्षाविद् प्रा. डा. सुरेशराज शर्मालाई हार्दिक बधाई तथा शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *