बाह्रखरी कथा लेखन प्रतियोगिता पाँचौँ संस्करणको घोषणा

मुख्य समाचार

आइतबार, ३१ भदौ २०८०, काठमाडौं

 

बाह्रखरी अनलाईन मिडियाले काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ लागि कथा आह्वान गरेको छ ।
पत्रकार सम्मेलनमा प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
कथा प्रतियोगिताको लागि यो सर्वाधिक राशीको पुरस्कार हो ।
पत्रकार सम्मेलनमा जनाइए अनुसार प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले ५० कथा
छनौट गर्नेछ र निर्णायक समूहलाई हत्तान्तरण गर्नेछ । निर्णायक समूहले प्रथम, द्वित्तय तथा तृतिय छनौट गर्नुकला साथै उत्कृष्ट २२ समेत छनौट गर्नेछ । विगतका वर्षहरुमा झै यो वर्ष पनि २२ उत्कृष्ट कथाकारले सम्मानस्वरुप ५ हजार पाउनेछन् ।
निर्णायक समूहको संयोजकमा समीक्षक प्रा.डा.सावित्री कक्षपति तथा सदस्यहरुमा कथाकार महेशविक्रम शाह र उपन्यासकार सुविन भट्टराई रहेका छन् ।
गत बर्षदेखि शुरु भएको स्थापित कथाकारहरूबाट प्राप्त गरिने पाँच कथाहरू यस वर्ष पनि पनि समावेश गरिनेछ । यस वर्षको लागि कथाकारहरु भाउपन्थी, भागिरथी श्रेष्ठ, सीता पाण्डे, डा.राजेन्द्र विमल तथा गणेश रसिकले कथा उपलब्ध गराउन सहमति जनाएको बताइएको छ ।
कथा प्रतियोगिताको प्रथम संस्करणमा बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’कथा तृतीय भएको थियो । दोस्रो संस्करणमा मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय, तेस्रो संस्करणमा मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय तथा चौथो संस्करणमा नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय र रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
शुरुका वर्षहरुमा बाह्रखरी मिडियाले प्रतियोगितामा उत्कृष्ट रहेका कथाहरुको पुस्तक आफैं प्रकाशन गर्ने गरेकोमा गत बर्षदेखि नीजि क्षेत्रको अग्रणी प्रकाशक फाइन प्रिण्ट सँगको सहकार्यमा प्रकाशन थालेको छ र यो बर्ष पनि त्यसले निरन्तरता पाउनेछ ।
कोरोना महामारीका कारण एक वर्ष भने डिजिटल कपी मात्र प्रकाशन गरिएको थियो, मुद्रित पुस्तक प्रकाशन गरिएको थिएन ।
कथा प्रतियोगीहरूले २०८० असोज ३० गतेसम्म कथा पठाउन सकिने समेत पत्रकार सम्मेलनमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *