३० भदौ २०८०, नेपालगञ्ज
महेन्द्र पुस्तकालय नेपालगञ्जको आयोजनामा सम्पन्न १५८ औं मोती जयन्तीको अवसरमा साहित्यकार शशिराम कार्कीद्वारा लिखित महाकाव्य “देवरात” महाकाव्यको गृह विमोचन तथा विमर्श कार्यक्रम गरियो ।
पुस्तकको विमोचन प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरेले देवरातले गरेका थिए ।
कार्यक्रममा प्राज्ञ हरिप्रसाद तिमिल्सिनाले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गरेका थिए ।
समिक्षक द्वय डा. इन्द्र बहादुर भण्डारी र बिरेन्द्र शाहीले विमोचित कृतिको वारेमा मन्तब्य राखेका थिए ।
कार्यक्रमलाई प्रमुख अतिथि लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य डा. कृष्ण प्रसाद घिमिरे, विशिष्ट अतिथि कर्णाली प्रदेश योजना आयोगका सदस्य जीतबहादुर शाह, प्राज्ञ महानन्द ढकाल, किरण आचार्य तथा कृतिकार शशिराम कार्कीले सम्वोधन गरेका थिए ।
साहित्यकार चरित्रा शाह र भिम प्रज्वलले देवरात महाकाब्यका केही श्लोकहरू वाचन गरेर सुनाएका थिए ।
कार्यक्रम महेन्द्र पुस्तकालयका अध्यक्ष वलराम यादवको सभापतित्वमा सम्पन्न भएको थियो