२०८० भदौ ३०, काठमाडौं ।
वासु शशी स्मृति परिषद साधारण सभा सम्पन्न भएको छ । सो सभाले निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कृष्ण जोशीको सम्झनामा “कृष्ण-सरस्वती साहित्य पुरस्कर”को स्थापना गरेको छ ।
पाँच लाखको अक्षयकोष राखिएको यस “पुरस्कार व्यवस्थापन समिति”को संयोजकमा साहित्यकार राधेश्याम लेकाली, सचिवमा कवि प्रद्युम्न जोशी र सदस्यमा सुमन घिमिरे “वर्षा” रहेका छन् । समितिको संरक्षकमा श्रीमती सरस्वती जोशी र सहसंरक्षमा कवि सुन्दर जोशी रहेका छन् ।
प्रत्येक बर्ष एक स्रष्टालाई प्रदान गरिने पुरस्कारमा नगद पचिस हजार र सम्मानपत्र रहनेछ ।
परिषदका अध्यक्ष वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सचिव प्रद्युम्न जोशीले सचिवको प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो साधारण सभामा साहित्यकारहरु हिरण्यकुमारी पाठक, श्याम प्रधान, राधेश्याम लेकाली, जयदेव भट्टराई, ध्रुब मधिकर्मी, ठाकुर वेलबासे, यादव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।