“प्रतिरोधको लय” प्रकाशन हुँदै

समाचार

१४ भदौ २०८०, काठमाडौं

साहित्यकार रेशम विरहीको १३ औं कृति कविता सङ्ग्रह “प्रतिरोधको लय” प्रकाशनको अन्तिम अवस्थामा रहेको छ । कवि विरहीले विश्वपरिक्रमा सँग कुरा गर्दै आउँदो असोजको पहिलो हप्ता बजारमा आउने अपेक्षा रहेको बताए ।
लामो समय पत्रकारितामा जीवन विताएका विरहीको यो तेह्रौं कृति र ८औं कविता सङ्ग्रह हो । यसअघि उनका “मुलाको बोक्रा आलीमनिको झ्याउँकिरी”(२०३५), “भित्ताको रङ”(२०५६), “मङ्गली गुप्ताको पान”(२०६०)”सुन्दरबस्ती”(२०६५)”थाल थालमा सपना” (२०६९),”तुरुप” (२०७४),”सातौँ बादशाहको रातोकोट” (२०७७) प्रकाशित छन् । त्यस्तै २ निबन्ध सङ्ग्रहहरु “देब्रे आँखा “(२०७२) र “सत्ता र स्वप्नदोष ” (२०७७) एबम् २ उपन्यास “प्रेमदासको डायरी”(२०७४) र “कली” (२०७९) प्रकाशित छन् ।
उनको एक कृति भने पत्रकारितासँग सम्बन्धित हो ।
आफ्नो लेखन यात्राको ५२औं वर्षमा यो कविता सङ्ग्रह प्रकाशित हुन लागेको हो । उनको पहिलो कविता विसं २०२८ सालमा प्रकाशित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *