२० अगस्त २००२३, कलकत्ता
लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान अनि श्री श्री जानकी माता नेपाली धार्मिक संघ कलकत्ताको संयुक्त आयोजनामा कलकत्ताको रविन्द्र सदनमा ३१ ओँ भाषा मान्यता दिवस भव्यरुपमा सम्पन्न भयो।
सो अवसरमा वरिष्ठ नाट्य कर्मी,पत्रकार, भाषा सङ्ग्रामी श्री सी के श्रेष्ठलाई भाषा गौरव सम्मानले सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूको कविता प्रतियोगिताको आयोजना गरिएको थियो । सो कविता प्रतियोगितामा प्रथम प्रयास बान्तवा राई प्रथम, विमर्श दोस्रो तथा बेदान्त तामाङ तेस्रो भए।
कार्यक्रममा प्रतिष्ठानका दुई सदस्य गणेश कुमार प्रधान तथा ऐत तामाङलाई सम्मान जनाइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै शमसेर अली, देविका मोक्तान, हिरा छेत्री, नारायण प्रसाद होमागाईं अनि भाषा संग्रामी श्री सी के श्रेष्ठले आ आफ्नो मन्तव्य राखे।
सन्तोषी सिंहद्वारा सरस्वती बन्दनाबाट कार्यक्रम शुरु भएको थियो ।
प्रमुख अतिथि श्री सी के श्रेष्ठ, विशिष्ट अतिथि श्रीमती देविका मोक्तान, अनि अतिथिहरूमा शमसेर अली, नारायण प्रसाद होमागाई, गणेश कुमार प्रधान, हिरा छेत्री लगायत रहेको सो कार्यक्रमको अध्यक्षता गुञ्जदास श्रेष्ठले गरेका थिए । सो कार्यक्रमको सन्चालन बिकास कार्कीले गरेका थिए।
