लीलाराज दाहाल
बोलाउनु भो यहाँले आएँ जसोतसो
बैगुनीलाई अझै गुन लाएँ जसोतसो !
भोको पेट लिएर कति दौडी रहुँ
अपमानको भात खाएँ जसोतसो !
उन्मुक्तिको पखेटा काटिए पनि
स्वाधीनताको गीत गाएँ जसोतसो !
एक्लोपनले घाँटी निमोठी रहेछ
त्यसैले त हजुरकाँ धाएँ जसोतसो !
०००
गजलकार परिचयः लीलाराज दाहाल परवानीपुर, सर्लाहीमा जन।मेका हुन् र हाल वागमती नगरपालिका ११, जिल्ला सर्लाही हुँदै हाल ललितपुर बस्छन् । उनी कथा, लघुकथा, गजल, मुक्तक बिधामा रचना गरिरहेका छन् र ती फूटकर रुपमा बिभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।