१२ साउन २०८०
अन्तरराष्ट्रिय पेन संस्थाको नेपाल च्याप्टर पेन नेपालले हालै प्रकाशित कृति “द हिमालयन हेड” को एक समारोहको आयोजना गरी विमोचन गरियो ।
कवि मञ्जुलको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहका अन्य अतिथिहरु विधान आचार्य, हिरण्यकुमारी पाठक, हङ्ओगेरियन लेखक लिभर सिफलिस तथा कार्यक्रमका सभापति पेन नेपालका प्रकाश ए. राज र भीष्म उप्रेतीले सो कृति सामुहिक रुपमा विमोचन गरे ।
सो अवसरमा रुप सिं भण्डारी, बमबहादुर जिताली, विष्णुबहादुर सिंह, ज्योति जङ्गल, नन्दू ुप्रेती, तङ्क उप्रेती, भोजकुमार धमला, सुवास सिं पराजुली, देवेन्द्र केसी, तीर्थराज भट्ट, सन्तोषकुमार पोखरेल, दीपक चौलागाईं, वीरबहादुर लौडारी तथा भीष्म उप्रेतीले कविता वाचन गरेका थिए ।
“द हिमालयन हेड्स” मा ८ कथाकारहरु अश्विनी कोइराला, हिरण्यकुमारी पाठक, किशोर बजगाईं, मञ्जु काँचुली(तिवारी), रामकुमार पाण्डे, रुपसिं भण्डारी, सुशीला देउजा तथा सुष्मा चित्रकारका कथाहरु रहेका छन् ।
त्यसै गरी गैर आख्यानमा भीष्मराज फुलारा, भीष्म उप्रेती, दामोदर पुडासैनी किशोर, घनश्याम राजकर्णिकार, गोविन्द गिरी प्रेरणा, हेमाङ्गराज गिरी, किशोर कुमार बज्राचार्य, कृसु क्षेत्री, लालबहादुर भुजेल, मित्रबन्धु पौडेल, प्रकाश ए. राज, राम दयाल राकेश, श्रीराम सिं बस्नेत, सुष्मा आचार्य, टङ्क उप्रेती तथा विष्णुबहादुर सिंहका गद्य रचनाहरु समेटिएका छन् ।
यस कृतिका प्रधान सम्पादक प्रो. रामकुमार पाण्डे, कार्यकारी सम्पादक भीष्म उप्रेती तथा सम्पादक मण्डलमा प्रकाश ए. राज र डा. मित्रबन्धु पौडेल रहेका छन् ।