२७ जुलाई २०२३, वाशिङ्टन डिसी
मातृभाषा संरक्षण समूह अमेरिकाले “बृहत् कविता सङ्ग्रह” प्रकाशन गरेको छ । हालै भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा त्यसको विमोचन समेत भैसकेको छ ।
यस सङ्कलनमा विश्वभर छरिएर रहेका मूल नेपाली भाषामा लेख्ने ७६ छन्द कविका ३।३ कविताहरु तथा ६८ जना गद्य कविका ३।३ कविताहरु गरी ४३२ कविताहरु समावेश गरिएका छन् ।
यस कृतिका सम्पादन वासुदेव कोइरालाले गरेका हुन् ।
समाचार गलत आयो । यस कृतिमा १४४ जाना कविका ३- ३ वटा कविता छन् । यस कृतिलाई २ खण्डमा बाडिएको छ । ७६ जाना कवि कविता पद्यमा छन् भने ६८ जाना कविले गद्यमा कविता रचना गरेका छन् । ४३२ वटा कविता संग्रहित छन् । ५९३ पाना रहेको यस बृहत कवितासंग्रहलाई मातृभाषा संरक्षण समूह अमेरिकाले प्रकाशन गरेको हो ।
मातृभाषा संरक्षण समूहको यो ऐतिहासिक कदमको मुक्तकण्ठले प्रशंसा नगरी रहन सकिँदैन। आगामी दिनहरूमा समेत यस्ता सह्राहनीय काममा समूहका उत्सुक एवं प्रेरक हातहरू अघि बढून् भन्ने कामना छ। समूहको तन, मन र वचनले भ्याएसम्म साथ दिने छु।