हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले ४ प्रतिभा पुरस्कृत गर्ने

मुख्य समाचार

१८ जुलाई २०२३, नयाँ दिल्ली

भारतको नयाँ दिल्लीमा सकृय नेपाली संस्था हाम्रो स्वाभिमान ट्रष्टले भारतीय नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने ४ प्रतिभालाई परस्कृत गर्ने घोषणा गरेको छ । सो घोषणा भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा गरिएको हो ।
ट्रष्टले घोषणा गरे अनुसार राष्ट्रिय नेपाली साहित्य सम्मान धर्मराज थापा(नयाँ दिल्ली) लाई, राष्ट्रिय नेपाली साहित्य पुरस्कार (पत्रकारिता)विष्णुबहादुर गुरुङ(नयाँ दिल्ली), राष्ट्रिय नेपाली साहित्य पुरस्कार पद्य(उदय ठाकुर(देहरादून) तथा राष्ट्रिय नेपाली साहित्य पुरस्कार (गद्य) राजु प्रधान (दार्जीलिङ) लाई प्रदान गरिनेछ ।
स्मरणीय छ, हाम्रो स्वाभिमान ट्रष्ट प्रेम क्षेत्री तथा नारायण श्रेष्ठले शुरु गरेका थिए र सन् २०१३ मा दिल्लीमा “भारतीय गोरखाली। नेपालीभाषीहरुको आफ्नो भाषा, संस्कृति र कलाप्रति सम््मान गर्न प्रेरित गर्न तथा आपसमा एकता र सद्भावना राख्ने” उद्देश्यसहित दर्ता भएको थियो र त्यसयता निरन्तर नेपाली भाषा संस्कृतिको क्षेत्रमा विविध काम गर्दै आइरहेको छ ।
विसेष गरी साहित्य संस्कृतिको क्षेत्रमा भानु जयन्ती तथा सन् २०१४ देखि ट्ष्टले हरितालिका तीजको दिन नयाँ दिल्लीको टालकटोरा स्टेडियममा भव्य कार्यक्रमको आयोजना गर्दै आएको छ ।
यी घोषणा गरिएका सम्मानहरु आगामि हरितालिका तीजको दिनको कार्यक्रममा समर्पण गरिने कुरा ट्रष्टका प्रेम क्षेत्रीले विश्वपरिक्रमालाई बताए ।

2 thoughts on “हाम्रो स्वाभिमान ट्रष्ट दिल्लीले ४ प्रतिभा पुरस्कृत गर्ने

Leave a Reply