भाषा एबम् साहित्य राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ नरेन्द्रराज पौडेललाई

मुख्य समाचार

२० असार २०८०, काठमाडौं,

नेपाल सरकारको राष्ट्रिय संस्कृति तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार साहित्यकार नरेन्द्रराज पौडेललाई विसं २०७९ को भाषा एबम् साहित्य तर्फको “राष्ट्रिय प्रतिभा पुरस्कार -२०७९” प्रदान गरिने भएको छ ।

विसं २००६ साल जेठ ९ गते सिपा पोखरे सिन्धुपाल्चोकमा जन्मेका पौडेल काठमाडौंमा बस्छन् । उनको औपचारिक लेखन यात्रा विसं २०२५ सालमा गोरखापत्र दैनिकमा “कमिज सुरुवाल लगाएको नयाँ सडक” रचना प्रकाशन सँगै भएको थियो । पुरस्कृत प्रतिभा पौडेलका कविता संग्रहहरु  छरिएका टुक्राहरू २०३९ र हस्ताक्षर २०६०, हास्यव्यंग्य निवन्धसंग्रहहरू, घरभित्रको गाईजात्रा  २०४१,विहेको निम्ता २०४४, मङ्कीस्टेट याने वानर राज्य  २०५१, प्रमुख अतिथि हुनुको आतङ्क २०६४,  छुटेको छाता २०६६, विमोचनको बिगबिगी २०७३,  समीक्षासंग्रह , सप्तपल्लव  २०४२, नियात्रा  संग्रहहरु, छडुङको जङ्गलमा हराउँदा २०४७, एलो.सीमाथिको साँझ २०६०, आकाशको डर २०७५, आत्मसंस्मरण  सीडयोका सत्र वर्ष  २०७१,कथासंग्रहहरु, मेटिएका रेखाहरु २०५२, फट्टिकको खम्वा २०५३, पर्खाल बाहिर २०५८, स्वप्नयात्रा  २०६२, रोवोटका आँखा २०७३ प्रकाशित छन् ।

त्यसैगरी प्रादेशिक प्रतिभा पुरस्कार- २०७९, भाषा एबम् साहित्य तर्फबाट कोशी प्रदेश भोजपुरका डिकप्रसाद वान्तवा, मधेश प्रदेश रौतहटका संजय शाह, वागमति प्रदेश काभ्रेका डा. लोकबहादुर लोप्चन, गण्डकी प्रदेश पर्वतका छायादत्त न्यौपाने (बगर), लुम्विनी प्रदेश बर्दियाका शोभाकर चौधरी(शेखर दहित), कर्णाली प्रदेश हुम्लाका देवकी तिमिल्सिना (समीक्षा) तथा सुदूर पश्चिम प्रदेश अछामका भरतकुमार साउदलाई पुरस्कृत गरिने भएको छ ।

उक्तकुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव कसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *