दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार”को घोषणा

मुख्य समाचार

१० मंसिर २०८१, पोखरा

लमजुङ पोखरा सम्पर्क समितिले साहित्यकार दीपक समीपलाई “प्रेम शान्ति आख्यान पुरस्कार २०८१” अर्पण गर्ने निर्णय गरेको छ ।
प्राप्त समाचार अनुसार साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरीको छनौट समितिले समीपलाई पुरस्कारको लागि चयन गरेको हो ।
नेपाली साहित्यको उन्नयनमा महत्त्वपूर्ण योगदान पु-याए बापत स्रष्टा दीपक समीपलाई यो पुरस्कार समर्पण गर्न लागिएको हो ।
पुरस्कारको राशि दश हजार रुपैंया र सम्मान पत्र रहेको छ ।
मूलत गजलकारका रुपमा परिचित लमजुङमा जन्मिएर पोखरालाई कर्मथलो बनाउँदै आइरहेका साहित्यकार दीपक समीपका हालसम्म उनको भूगोलभित्र नकोरिएको देश (गजल सङ्ग्रह ), अक्षर अक्षरमा देश (मुक्तक सङ्ग्रह ), नदीको राजमार्ग (लघुकथा सङ्ग्रह ) कृतिहरु प्रकाशित छन् ।
यो पुरस्कार यस अघि कथाकार मन्दिरा मधुश्रीलाई अर्पण गरिएको थियो ।
यहि मंसिर १५ गते शनिबार एक समारोहको आयोजना गरी पुरस्कार समर्पण गरिने लमजुङ पोखरा सम्पर्क समितिका तर्फवाट जनाइएको छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *