साझा प्रकाशनको पुस्तक प्रदर्शनी

मुख्य समाचार साहित्यिक सूचना

१ असोज २०८१, काठमाडौं

नेपालको एक पुरानो सहकारी संस्था “साझा प्रकाशन” ले नेपालीहरूको महान् चाड दसैँको पूर्व सन्ध्यामा १५ दिने पुस्तक प्रदर्शनीको सुरु गरेको छ ।
१ असोजदेखि १५ असोजसम्म चल्ने पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट गरिएको साझा प्रकाशनले जनाएको छ ।
पुस्तक प्रदर्शनी साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललीतपुर तथा देशभरिका साझा प्रकाशनका बिक्रीकक्षहरुमा जारी रहने समेत जनाइएको छ । अर्थात् देशका बिभिन्न भागका साझा प्रकाशनका बिक्री कक्ष मार्फत पाठकहरूले यो प्रदर्शनीको लाभ उठाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *