विश्वपरिक्रमा डेस्क
२८ कार्तिक, काठमाडौं
रविन्द्र शाह लिखित तथा नातीकाजी द्वारा संगीतवध्द कर्णप्रिय तथा लोकप्रिय गीत ” ढल्की ढल्की नहिंड नानी, म त छु है साह्रै नै बेमानी ” बोलका गायक पिएल श्रेष्ठ अर्थात् पुष्पलाल श्रेष्ठको ९६ वर्षको उमेरमा हिजो कार्तिक २७, २०७८ का दिन निधन भएको छ ।
उनले गाएको अर्को लोकप्रिय गीत “तिम्रो माया मेरो लागी आकाशभन्दा ठूलो हुन्छ” अम्वर गुरङको शब्द तथा संगीतमा सजिएको थियो ।
उनको दुखद निधनमा वासुशशी स्मृति परिषदले एक विज्ञप्ति जारी गर्दै उनको निधनले साँगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको भन्दै मृतात्माको चीर शान्तिको कामना सहित शोकाकूल परिवारमा हार्दिक श्रध्दान्जली अर्पण गरेको छ ।