खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रत्येक वर्ष एक उत्कृष्ट साहित्यिक कृतिलाई प्रदान गर्ने पद्मश्री पुरस्कार उपन्यासकार केशव दाहालको “मोक्षभूमि” ले प्राप्त गर्यो । यो कृति मदन पुरस्कारको उत्कृष्ट सूचिमा पनि परेको थियो । यसपल्टको श्रष्टसँग ५ प्रश्न अन्तरगत हामीले यिनै पुरस्कृत उपन्यासकर केशव दाहाललाई ५ प्रश्न गर्यौं । प्रस्तुत छ, हाम्रा ५ प्रश।न र तिनका उत्तरः
१, “ मोक्षभूमि” को प्रेरणा श्रोत के हो रु
मेरो लेखनको पहिलो प्रेरणा म हुर्कीएको परिवेश, मेरो गाउँ, प्रकृती र साथीसंगीहरु हुन् । म लोककथा सुन्दै, भजन गाँउदै, वेदका ऋचाहरु सुन्दै, महाभारत, कृष्णचरित्रका पात्रहरुसँग रमाउदै हुर्कीएँ । निम्नमध्यम ब्राम्हण परिवारमा जन्मिनुको खास मजा के भने घरमा दुईचार किताव हुन्थे र त्यसलाई पढ्न परिवारले उत्प्रेरित गर्थ्र्यो । त्यसले मलाई लोककथा, साहित्य र कल्पनाको संसारप्रति आकर्षण पैदा गर्यो । यसैगरी मेरो घरको आँगनबाट पश्चिम उत्तरतिर हेर्दा कंचन मकालु हिमाल देखिन्थ्यो । कुम्भकर्ण हिमाल मस्त सुतेजस्तो लाग्थ्यो । म त्यसको कोमलता, भब्यता र कंचन आभा हेर्दै, त्यहि माटोमा लड्दै, कुद्दै हुर्किएँ । डाँडामा थियो हाम्रो घर र वरिपरी थियो हरियो, भरिलो सुन्दर संसार । भब्य लाग्थ्यो सवैकुरा । जीवन थियो सर्वत्र । त्यसले मलाई कल्पना गर्न र धर्तीको विशालता बुझ्न सहयोग गर्यो । लेखनको दोश्रो प्रेरणा हो यो । त्यसपछी बिस्तारै म बिद्यार्थी राजनीतिमा संलग्न भए । राजनीतिक सामाग्री, आलेख र साहित्यका पुस्तकहरु पढ्न थालें । लेख्न थालें । साथी सहकर्मीको सर्कल बन्दै गयो । लेख्नेहरुसँग परिचय र संगत हुँदै गयो । मान्छेका सुख, दुःख, जीवनका कथाहरु, संघर्ष, बिद्रोहहरु देख्न थालें । बिस्तारै म आफैं आन्दोलनमा संलग्न भएँ । जसले मभित्र बिद्रोह, प्रश्न, आलोचनाहरु निर्माण गर्यो । त्यसले मलाई मेरो आफ्नै अस्तित्व निर्माणका लागी प्रेरित गरेको हुनुपर्छ । त्यो मेरो लेख्ने तेश्रो प्रेरणा हो । यिनै प्रेरणाहरुले मलाई आफ्नो कुरा भन्न उत्प्रेरित गरे । जसका लागि मैले लेख्ने माध्यम छनौट गरें ।
२, “मोक्षभूमि” को लेखनदेखि प्रकाशनसम्मको यात्रा संक्षेपमा वताउनुस् न !
नेपाली राजनीतिको पुनर्गठनभन्दा अगाडी पनि मैले केहि पुस्तकमा काम गरेको थिएँ । जस्तो हामीले वैकल्पिक विचार मञ्चबाट संघीयता र पुर्वीतराई, लोकतन्त्रदेखी लोकतन्त्रसम्म जस्ता सामुहिक योगदानका पुस्तकहरु लेखन, प्रकासन गरेका थियौं । जसमा मित्र डम्बर खतिवडा र मैले सम्पादन गरेका थियौं । अर्को पुस्ताक थियो गैससको वहस । जो दिनेश श्रेष्ठ दाइ र मेरो सहलेखन थियो । तर ती ब्यवसायिक प्रकासन गृहबाट निश्किएका पुस्ताकहरु थिएनन् । त्यसैले ती आम पाठक विच पुगेनन् । जब सांग्रिला प्रकासनले नेपाली राजनीतिको पुनर्गठन प्रकासन गर्यो, पुस्तक लेखकको रुपमा म अलिक धेरै पाठकसम्म पुगें । त्यसपछि मैले कथा संग्रह तयार गर्नेबारे सोच्न थाले । म अलिक लामा कथाहरुको किताव निकाल्न चाहन्थे । जसका लागि कथाका बिषयहरु, भावभुमी, सन्दर्भ र पात्रहरुबारे सोच्दै थिएँ, त्यसैताका कुनै संयोगले म किताव पब्लिसर्सको कार्यालयमा पुगे । त्यहीं कल्पना ढकालसँग भेटभयो । किताव लेख्ने र छाप्ने सल्लाह गर्यौं । लगत्तै हामीले संझैता गर्यौ । यो अर्थमा “मोक्षभूमि” प्रकासकसँग संझौता गरेर लेख्न थालिएको उपन्यास हो ।
३, मदन पुरस्कारको उत्कृष्ट सूचिमा परे पनि पुरस्कृत भएन, तर “ पद्मश्री साहित्य पुरस्कार “ पाउनु भयो । पुरस्कारको विषयमा तपाईंको धारणा के छ र ?
पुरस्कारले मान्छेलाई उत्प्रेरित गर्छ । यस्ता कुराले मान्छेलाई उत्साहित बनाउँछन् । मेरा लागी पनि पद्मश्री साहित्य पुरस्कारले खुसी दिएको छ । म जस्तो साहित्यको नयाँ लेखकका लागि यो हर्षको कुरा हो । निश्चयनै यसले लेखकको रुपमा मेरो परिचयलाई उजागर गरेको छ । सायद मलाई पाठकले अलिक गम्भिरतापुर्वक लिनुहोला । अर्कोकुरा यसले मलाई साहित्यको त्यो सप्तरंगी संसारमा आउन सजिलो बनाएको छ, जहाँ म विचरणगर्न चाहन्थे । जहाँसम्म मदन पुरस्कार र पद्मश्री साहित्य पुरस्कारको कुरा छ यि दुबै नेपालको सन्दर्भमा महत्वपुर्ण पुरस्कार हुन् । दुवै सम्मानित पुरस्कार हुन् । यस्ता राम्रा, स्वच्छ र विवादरहित पुरस्कारहरु हुनु देशकै लागि राम्रो कुरा हो । अझ राज्यलेनै यस्ता बिषयमा चासो राखे र काम गर्न सके गजब हुन्थ्यो । तर प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाहरु खोलेर राजनीतिक भर्ती गर्ने र परम्परागत साहित्यको कर्मकाण्ड चलाउने काममा राज्यले लगानी गर्नुको भने खासै अर्थ छैन ।
४, तपाईंलाई उपन्यासमै व्यक्तिन सहज लाग्छ कि “मोक्षभूमि” संयोगवस उपन्यास विधामा आएको हो र?
मलाई पढ्न र लेख्न आनन्द आउछ । शब्दहरुसँग खेल्नु, शब्दलाई सुमसुम्याउनु, मायागर्नु र शब्दमा रमाउनुको आनन्द गजव हुन्छ । शब्दहरुसँग खेल्दै आफ्नोकुरा उनीहरुमार्फत भन्नु निकै गतिलो काम हो । यसमा उपन्यास अलिक ठुलो क्षेत्र हो । अर्थात, उपन्यासमा चाहेजती बोल्न, लेख्न, भन्न पाईन्छ । उपन्यासमा स्पेस हुन्छ र खेल्न पाईन्छ । यो बिशाल खेलमैदान जस्तै हो । उपन्यासको क्यानभास ठुलो हुन्छ, जहाँ पात्रहरु निर्माण गर्न र उनीहरु मार्फत समाजको चाहेजस्तो चित्र खिच्न पाईन्छ । उपन्यासमा रंगहरु भर्न सजिलो हुन्छ । त्यसैले धेरैथोक भन्नलाई उपन्यास सजिलो हो जस्तो लाग्छ । कविता चैं थोरै शब्दमा धेरै भन्ने रसिलो कला हो । मलाई लाग्छ, साहित्यमा कविता अलिक अन्तमुर्खी हुन्छ । थोरै बोल्ने, टक्क बोल्ने । मलाई उपन्यास भन्दा कविता लेख्न गाह्रो होला जस्तो लाग्छ ।
५, “मोक्षभूमि” पछि पाठकले तपाईंबाट आगामि कुन विधाको कस्तो कृति अपेक्षा गर्ने र?
साहित्यमा म कथा र उपन्यासमै आफुलाई सहज पाउँछु । रहरमा कविता पनि लेख्छु तर रहरले मात्र पुग्दैन । अहिलेलाई, सोचेजस्तै भयोभने यो बर्षको अन्त्यसम्ममा एउटा पुस्तक आउँछ । त्यो स्वतन्त्र लेखन हुन्छ । त्यसपछी लगभग तीनबर्ष अर्को पुस्तकका लागि काम गर्ने योजना बनाएको छु । त्यो अनुसन्धानमा आधारित उपन्यासनै हुनेछ ।