एएनएले उत्तर अमेरिकी कविता प्रतियोगिता गर्दै

Uncategorized

विश्वपरिक्रमा डेस्क

एएनए अर्थात् एसोसियसन अफ नेप्लिज इन अमेरिकाले आफ्नो वार्षिकोत्सवको उपलक्षमा कविता प्रतियोगिता गर्ने घोषणा गरेको छ । प्रथम, दोश्रा र तेश्रालाई क्रमस: ३०० डलर, २०० डलर र १०० डलर राशीका पुरस्कार रहेको सो प्रतियोगिता अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले सञ्चालन गर्नेछ ।
स्मरणीय छ, अमेरिकामा सवैभन्दा धेरै जन सहभागिता हुने गरेको एएनए कन्भेन्सन वोष्टनमा सम्पन्न हुँदा आर्थिक समस्या र विवाद झेलेको एएनएका हालका अध्यक्ष विजयराज भट्टराई रहेका छन् र उनले यस संस्थालाई विविध प्रयास गरेर पुन: पुरानै लयमा ल्याउन प्रयासरत छन् । यो प्रतियोगिता पनि सोही प्रयासको यौटा पाइला भएको वुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *