विश्वपरिक्रमा डेस्क
७ सेप्टेम्वर, वाशिंटन डिसी
नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत बाबुको मुख हेर्ने दिनको शुभकामना दिएको छ ।
कुशे औंसीको दिनलाई बाबुको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजकै दिन युवा कवि मोतिराम भट्टको जन्म जयन्ती पनि हो ।
विदेशी राजदूतावासले भने आफू कार्यरत देशको चाडवाडको अवसरमा शुभकामना दिनु तर विदेश स्थित नेपाली राजदूतावासहरुले आफ्नो साँस्कृतिक चाडवाडको वेला त्यस देशमा रहेका नेपालीहरुलाई शुभकामनाको औपचारिकता पनि पूरा नगर्नू उदेकलाग्दो भएको बुध्दिजिवीहरु वताउँछन् ।