ज्ञान सुतारको सिला : एक संक्षिप्त चर्चा

नवीन पौड्याल नेपाली साहित्यमा ज्ञान सुतारको नाम पनि उल्लेखनीय छ। ईश्वीको उन्नाइस सय साठीको दशकदेखि नै उनी नेपाली साहित्यमा सक्रिय थिए। उनी भारतीय सेनाको सेवामा रही नेपाली साहित्य पढ्थे, लेख्थे। साहित्य पढ्ने लेख्ने एउटा जोश र परिवेश थियो। पेशागत भारतीय नेपाली साहित्यमा सैनिक क्षेत्रबाट पनि केही साहित्यकारको योगदान देखिन्छ। सैनिक सेवामा रहने केही साहित्यकारहरूमा गनुसिंह […]

Continue Reading

सन्तानलाई अङ्ग्रेजी स्कुल पढाएको परिणाम

नवीन पौड्याल अहिलेका हाम्रा नयाँ पुस्ताका युवाहरू विस्तारै आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, भेषभुषा, लोकपरम्परा, गीत, सङ्गीत, संस्कार, समाज आदिदेखि टाडिँदै गइरहेका छन् भन्ने कुरा सर्वत्र चर्चा छ। हाम्रो आफ्नो मौलिक परम्परिक कुरा, मूल्य मान्यता महत्त्व जान्न छाड़े। न आफ्नो भाषा राम्रोसँग जान्दछन् न हाम्रा लोकगीत र सुगम सङ्गीत नै सुनेका छन्। न राम्रोसँग  आफ्नो […]

Continue Reading

कृष्ण बस्नेतको “काँटीकीर्ति” : एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा काँटीकीर्ति पुस्तक नोभेम्बर सन् २०२४ मा पहिलोपटक प्रकाशित भएको कृति हो । यस पुस्तक १२ वटा शीर्षकहरूका लेखहरूको सङ्गालो हो, जसमा लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने, समाजमा आफ्नो खुट्टा जमाएका, मेहनत र संघर्षमार्फत जीवनलाई अर्थपूर्ण बनाएका व्यक्तिहरूबारे लेखिएको छ। लेखक कृष्ण बस्नेत स्वयं सिलिगुडीमा बसोबास गर्ने भएकाले उनले त्यही क्षेत्रमा कार्यरत, […]

Continue Reading

भारतीय नेपाली गीति साहित्य :पैँचोमा अन्वेषक लेखक नवीन पौड्यालका आँखा

ज्ञानबहादुर छेत्री   सक्तो कोसिस गर्छु, म जस्तो छु त्यस्तै रहूँ। तर सबै नै चाहन्छन, म उनीहरू जस्तै बनूँ। —- बब डाइलान (I try my best to be just like I am. But everybody wants you to be just like them.) गीत पनि साहित्यको एउटा जनप्रिय विधा हो। त्यसैले गीतमा पनि समकालीन समाजको चित्रण हुनु […]

Continue Reading

विविध कृतिहरूमाथि जयदेवको शल्यक्रिया

प्रमोद प्रधान (लेखक जयदेव  गौतमको नवप्रकाशित पुस्तक समीक्षा कृति हालै काठमाडौंमा विमोचन भएको छ र देश विदेश विभिन्न स्थानमा यस कृतिको चर्चा परिचर्चा कार्यक्रम भइरहेका छन् । सो कृतिमा कवि तथा विद्वान् लेखक प्रमोद प्रधानको गहन भूमिका रहेको छ । सो भूमिका पुस्तक पढ्न चाहनेहरूका लागि तथा कृतिको वारेमा पूर्व जानकारी चाहनेहरूका लागि उपयोगी हुने […]

Continue Reading

वरिष्ठ साहित्यकार, शिक्षक तथा समाजसेवी जगत क्षेत्री

भाष्कर मैनाली शर्मा, दार्जीलिङ जगत क्षेत्रीको पूरा नाम जगतकुमार क्षेत्री हो। उहाँको जन्म वि.सं. १९९३ साल भदौ ७ गते (सन् १९३६ अगस्ट २३) दार्जीलिङ सहर नजिकैको चाँदमारी नामक स्थानमा भएको थियो। उहाँका पिता दार्जीलिङ जिल्ला अदालतमा कार्यरत नैनसिंह क्षेत्री थिए भने माता पद्मावती क्षेत्री थिइन्। प्रारम्भिक शिक्षा दार्जीलिङ नगरपालिका बाल उच्चतर विद्यालयबाट प्राप्त गरेका उहाँले […]

Continue Reading

पद्मश्री सानु लामाः एक संस्मरण

मुक्तिप्रसाद उपाध्याय मनुष्य जीवन परब्रह्मको अति नै अनमोल वरदान हो। जीवनको परिभाषा मानिस मानिसमा भिन्न भए पनि यथार्थमा ऊ बाच्नैपर्छ, जीवन सङ्घर्षमा ओर्लिनै पर्छ।  गाँस,बास र कपासका आफ्ना कर्महरूलाई छिचोल्दै केही समय उबारेर त्यसको उचित प्रयोग गर्नसक्ने मानिसको चिनारी अलग हुन्छ। जीवनमा आइपरेका दुःखका भारी एकछिन् बिसाउँदा गरिएको त्यस मुहूर्तको खुइयमा जसले आनन्द लिनसक्छ, भावनात्मक […]

Continue Reading

नेपाली व्याकरणमा आधुनिक भाषाविज्ञानको प्रभाव

नवीन पौड्याल १. विषय प्रवेश भाषा अभिव्यक्तिको साधन हो| यो एउटा यस्तो व्यवस्थित पद्धति हो, जो मुखका विभिन्न इन्द्रियका सहायताले मानवीय धारणालाई अरूसमक्ष सम्प्रेषण गर्दछ| भाषाका विभिन्न विशेषता र प्रकृति हुन्छन्| समग्रमा भाषाका विशेषता र प्रकृति केलाउँदा यो यादृच्छिक हुन्छ, यो वाक्प्रतीक हो, यसमा उत्पादनशीलता हुन्छ, यसमा सांस्कृतिक हस्तान्तरण हुन्छ, यसमा विविधता हुन्छ, यो सामाजिक […]

Continue Reading

भारतमा प्रचलित नेपाली लोकनाटक – सामान्य परिचयात्मक अध्ययन

 नवीन पौड्याल, कालिम्पोङ यो संसार नै एक नाट्यशाला हो। हामी अभिनेता हौँ र ईश्वर चाहिँ निर्देशक हुन्। अभिनय पक्ष मानवीय जीवनको एउटा मुख्य पक्ष हो। लोकगीत, लोककथा, लोककविता, लोकगाथाझैं लोकनाटक पनि लोकसाहित्यकै रूपमा रहेको छ। यो नाटकको मूल र आदि रूप हो। आज हामी शिक्षित र सभ्य छौं तर आजभन्दा पचास र सय वर्षअघिसम्म हाम्रो […]

Continue Reading

आमा र त्यो नीलो स्वेटर (संस्मरण)

तारा पराजुली त्यस बेला म कक्षा आठमा पढ्थेँ।स्कूलको ड्रेस सेतो सर्ट,निलो फ्रक सेतो जुत्ता सेतै मोजा लगाउनु पर्थ्यो । म कक्षा आठसम्म घर नजिकको स्कूलमा पढेर आठ कक्षादेखि नयाँ स्कूल पढ्न थालेकोले स्कूलले विद्यार्थीका लागि तय गरेको नियमसँग म अपरिचित नै थिएँ । स्कूलले पनि खासै जानकारी गराएको थिएन । पुषको महिना थियो । म […]

Continue Reading