मेरी आमा

तारा पराजुली   अमर गीत लेख्ने प्रेमको गाडा रङको मसी हुन् मेरी आमा। खोजेर कहिल्यै नभेटिने परिभाषा हुन् मेरी आमा लेखेर कहिल्यै नसकिने पुस्तक हुन मेरी आमा पढेर कहिल्यै नसकिने ग्रन्थ हुन् हिँडेर कहिल्यै नसकिने यात्रा हुन् फुलेर कहिल्यै नओइलाउने फूल हुन् मेरी आमा सुवासहरूमा सबैभन्दा मनपर्ने सुवास हुन् मेरी आमा एकभित्र अनेक हुन्। सम्झन्छु, […]

Continue Reading

सात मुक्तक

लीलाराज दाहाल एक: च्यातिएको मन यो सिउने कहिले होला पलपल मैं मरिरहें जिउने कहिले होला मरुभूमिको बीज झैँ सुकिरहें म माया प्रेमको जल यो पिउने कहिले होला ! दुईः प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरू त यो बिछोडको जीरा धेरै कडा हुन्छ ! तीनः के भएको समय […]

Continue Reading

प्रसन्नता

लुइस विष्ट उदायो खुशीको सुनौलो बिहानी सुकायो मनग्गे भिजेको सिरानी म सोच्थेँ सबैको छ खासा जवानी भिजेकै छ आँखा छ उस्तै कहानी बुझेको थिएँ भाग्य नौलो उदायो खुशीले खजाना जवानी पठायो नखोजे हजारौँ दुखेसो पुरानो छ मुस्कान मेरै छ पीडा विरानो। चडेको थिएँ जिन्दगीको उकालो गलेको थियो पाउ बाटो भिरालो नसा जिन्दगीको खुसीको छ पालो […]

Continue Reading

गुप्तरोग,शिघ्रपतन (कविता)

राजेन्द्र भण्डारी अँध्यारो होटलमा एउटा क्रान्तिकारी नेता ग्लासमा ग्लास ठोक्काउँदै भन्दै थियो आफ्नो समूहसित— ‘दुहुना गाई हो मुद्दा भनेको यसलाई बचाएर राख्नुपर्छ।’ हत्केलामा अनुहार बोकेर कलेज धाइरहेका खुट्टाहरू कहाँ पुगे थाहा छैन। एक हुल गाउँले सेकेन्ड ह्यान्ड लुगा दोकानमा छान्दैछन् नयाँजस्तै देखिने कोट, कमेज, ब्रा। माया नपाएर बाँझ्झिइरहेको जमीन केमिकल फर्टिलाइजरलाई आँखा तर्छ। केही उमार्दिनँ […]

Continue Reading

मेरो यात्रा (कविता)

सुनिता अधिकारी महाराष्ट्रको माटोमा खुल्यो जीवनको प्रभात, गोदावरीको गीतमा गुञ्जियो । त्यो भूमि, जहाँ मेरो सानो पाइला चालियो, माटोले दिएको स्नेहले मुटुमा तातो भरियो। चार वर्षमै अछामले बोलायो मलाई, पहाडको काखमा जिन्दगीको ढोका खुल्यो। जंगल, खोल्सा र मौनताले , धैर्य, संघर्ष र साहसको पाठ सिकायो। अचानक, काठमाडौँले नयाँ दिशा दियो , हरेक गल्लीमा भेटिए सपनाका […]

Continue Reading

तीन मुक्तक

बसन्त श्रेष्ठ १ . काँचको त् के कुरा कुनै पनि क्षण फुट्न सक्छ मनका कुरा पनि त कुनै पनि क्षण टुट्न सक्छ तर मन भित्र मायाको रहर पलाएन भने सम्झ त्यो जीवन काँच झैं कुनै पनि क्षण टुक्रन सक्छ !!! २ . कोहि भन्छन हाम्रो माया चखेवा र मलेवा जस्तो कोहि भन्छन उनको माया बगरको […]

Continue Reading

दुई मुक्तक

गोविन्दवहादुर कुँवर १. सामान्यत: अरुको अधिकार चोर्नु वा खोस्नु हुन्न ´मागे राज्य पाइन्छ` नभनियोस् त्यस्तो सोच्नु हुन्न सहमति र सहकार्य आजको आवश्यकता हो सुकर्म छोडी कूकर्मले नाम कमाउन खोज्नु हुन्न २. जिन्दगी त खुला पुस्तक हो पढ्नु पर्छ, पढाउनु पर्छ समस्याहरू आउँछन् धैर्यपूर्वक सल्टाउनु पर्छ धेरै पृष्टहरुमा पोतिएको हुनसक्छ रङ्ग पीडाको तर खुसीको पाना पनि […]

Continue Reading

एकान्तमा (कविता)

जीवन खत्री यसो एकछिन आफैँलाई नियालेँ, आज कति कति भैसकेछ लामो स्वास भरेर फोक्सोमा, नसुस्ताएको कति कति भैसकेछ मुस्कानको मुहान बोक्ने ओठ नमुस्कुराएको भोकको स्वादले जिब्रोलाई कैयौँ पटक गिज्याईसक्यो, मौन कपडाको रङले शरीरलाई कयौँ पटक सम्झाईसक्यो, मौन मौनताको यो श्रृङखला कहिले टुट्छ? र कहिले हुन्छ एकबारको जीवनजस्तो जीवन म कहाँ हराई रहेछु? आनन्दको ऐनामा हेरेर […]

Continue Reading

दुई मुक्तक

गोविन्द बहादुर कुँवर १. मलाई पर्दैन, गोहीको आँसु र कृत्रिम वाह-वाह अरुको जस्तो छैन मेरो असीमित इच्छा र चाह सकेको भलो गरियोस् तर कुभलो नचिताइयोस् यत्ति होस् कि कहिले नि नमरोस् यो मनमा उत्साह २. भ्रष्टहरू भन्छन् इमानदार मान्छेलाई कारबाही गर्नुपर्छ कहिले अग्रगमनका लागि दुई पाइला पछि सर्नुपर्छ यो देश सधैँ यस्तै रहला कि एक […]

Continue Reading

बाँच्नु मात्र पर्छ (कविता)

सुभाषचन्द्र पौडेल भीमफेदीया बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ के-के लेख्न पाइन्छ कहिले आँसुले आँखा सेक्न पाइन्छ कहिले हाँसोले आँसु छेक्न पाइन्छ सोच्दै नसोचेको ठाउँ टेक्न पाइन्छ बाँच्नु मात्र पर्छ के-के देख्न पाइन्छ के-के लेख्न पाइन्छ तर त्यसका लागि पनि थेग्ने शक्ति चाहिन्छ। (२३ पुस २०८१,सिड्नी,अष्ट्रेलिया) 000 कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा […]

Continue Reading