चार कृतिको लोकार्पण सम्पन्न

३ साउन २०८२, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान,नेपालको आयोजनामा ठाकुर शर्मा भण्डारीको समालोचनासङ्ग्रह ‘समदृष्टि’,युवराज मैनालीको समालोचनासङ्ग्रह’केही प्रतिभा केही प्रवृत्ति’,रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’नामक कृतिहरू प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्मा तथा मञ्चासिन अन्य व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भयो । सो समारोहलाई सम्बोधन गर्दै आजका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार […]

Continue Reading

लघुकथा कृतिको विमर्श एवम एकल लघुकथा वाचन समारोह सम्पन्न

२८ असार २०८२, वालिङ, स्याङ्जा, स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भसंगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा सर्जक लक्ष्मी रेग्मी खनालको लघुकथा कृति “अन्त्य” को विमर्श एवम एकल लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ । […]

Continue Reading

टेक्सासमा “कठै” कथा संङ्ग्रहको चर्चा

१३ जुलाई २०२५, टेक्सास, अमेरिका भानु जयन्तिको अवसरमा श्री कृष्ण प्रणामी हिन्दु समाजको आयोजनामा कथाकार श्यामप्रसाद श्रेष्ठको कथा संङ्ग्रह “कठै”सार्वजनिक गरिनुका साथै सो कृतिको चर्चा कार्यक्रम सम्पन्न भयो । पुस्तक सार्वजनिक गरे पश्चात् आयोजक संस्थाको निवर्तमान अध्यक्ष राजेन्द्र वाग्लेले पुस्तकको बारेमा संक्षिप्त चर्चा गरेका थिए । लघुकथा केन्द्रकी अध्यक्ष लता केसीले लघुकथाको विकासमा संस्थाले खेलेको […]

Continue Reading

छहरा साहित्य समाजको भानु जयन्ती

२८ असार २०८२, काठमाडौं आदि कवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीले एक कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्त आचार्यका काव्य साधना सम्बन्धी चर्चा, विश्लेषण तथा कविता वाचन ग-यो । कार्यक्रममा प्रा.गङ्गाधर कट्टेलले भानुभक्तको काव्य साधना बारे समिक्षात्मक मन्तव्य प्रस्तुत गर्दै नेपाली भाषामा कविता रच्ने आदिकवि हुनुहुन्थ्यो भने । प्रमुख अतिथि प्रा. नारायण […]

Continue Reading

विजयध्वज थापाको नयाँ गीत

२६ असार २०८२ गीतकार विजयध्वज थापाको नयाँ गीत’पिउँदै नशा नयनको’ इमेज एफ .एम. ९७.९ बाट न्यू रिलिज भएको छ । गायक मुरलीधरको स्वर रहेको सो गीतमा सन्जय खड्गीको सङ्गीत रहेको छ । गजलको लयमा गाइएको उक्त गीतलाई गीतकार थापाजी गजल नभनेर ‘चारु’ भन्न रुचाउँछन् । हालसम्म गीतकार थापाकागीतहरू मुरलीधर,मेलिना राई,सत्यराज आचार्य,स्वरुपराज आचार्य,अन्जु पन्त,शिव परियार,सिने गुरूङ,विष्णु […]

Continue Reading

विजय चालिसेको जन्मदिनमा नियात्रा समाजको सम्झना

२२ असार २०८२, काठमाडौं साहित्यकार विजय चालिसेको जन्मदिनका अवसरमा नियात्रा समाज नेपालले रमेश विकल साहित्य प्रतिष्ठानमा “नियात्राकार विशेष व्यक्तित्व र कृतित्व परिचर्चा कार्यक्रम” सम्पन्न ग-यो । सो अवसरमा विजय चालिसेको व्यक्तित्व तथा कृतित्वमाथि साहित्यकारहरू प्रतीक ढकाल, प्रमोद प्रधान, तेजप्रकाश श्रेष्ठ, महिन्द्र चालिसे, आलोक चालिसे, रञ्जु पाण्डे र आलोक चालिसेले चर्चा गरेका थिए । कार्यक्रममा विजय […]

Continue Reading

सर्जक भेटघाट तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

२२ असार २०८२, काठमाडौं । टुक्का साहित्य समाजको आयोजनामा सर्जक भेटघाट तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक क्षेत्रको समृद्धिका लागि सक्रिय संस्थाको रुपमा रहेको टुक्का साहित्य समाजले विभिन्न विधामा र टुक्का कविता विधामा कलम चलाउने सर्जकहरुलाई एकै थलोमा जुटाएर साहित्यिक संवाद र सृजनाको आदानप्रदान गराएको हो । सो अवसरमा श्रष्टा तथा टुक्का […]

Continue Reading

पितापुत्रको कवितासङ्ग्रह’वंशवृक्ष’को लोकार्पण

२१ असार २०८२, काठमाडौं कविद्वय प्रा.पुरुषोत्तम दाहाल तथा उनका सुपुत्र अनिमेष दाहालको संयुक्त कविताकृति’वंशवृक्ष’को एक कार्यक्रमका बीच मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली,नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकी,प्रा.विष्णु केसी,कलानाथ दाहाल,खेमनाथ दाहाल,कृष्णप्रसाद भट्टराई, गणेशराज पोखरेल,शान्ता दाहाल, लेखक स्वयम् तथा साहित्य पोष्टका सम्पादक अश्विनी कोइराला लगायत मञ्चासिन व्यक्तित्वहरूले सामुहिक रुपमा लोकार्पण गरे […]

Continue Reading

लेखकको गृह नगरमा `सत्यम्´को गृह विमोचन तथा विमर्श एवम् सिर्जना वाचन

१४ असार २०८२, स्याङ्जा युवा लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ को वालिङ, मिर्दीमा गृह विमोचन तथा विमर्श गरिएको छ । समारोहका प्रमुख आमन्त्रित व्यक्तित्व पूर्व कृषिमन्त्री त्रिलोचन ढकाल, प्रमुख वक्ता युवा समालोचक डा. अशोक थापा तथा वक्ताद्वय शान्ता थापा र शम्भु अर्याल एवम् युवा कथाकार लक्ष्मण वियोगीद्वारा संयुक्तरूपमा कृतिको विमोचन गरिएको थियो । […]

Continue Reading

रेनुका भट्टको ‘प्रेमी पहाड’ प्रकाशित

१५ असार २०८२, काठमाडौं युरोपलाई कर्मभूमि बनाउँदै आएकी कवि रेनुका भट्टको नयाँ कवितासंग्रह ‘प्रेमी पहाड’ प्रकाशित भएको छ । यस सङ्ग्रहमा उनका ताजा ३१ वटा कविता सङ्कलित छन् । कवि विकरम सुव्वाले उनको कविताको वारेमा यस्तो धारणा राख्छन् , ‘रेनुकाको कवितामा उनी बाँचेको समाज र दुनियाँको रङ’छ । कवि श्यामलले उनलाई ‘प्रश्नहरूकी कवि’ उपमा दिएका […]

Continue Reading