३ चैत २०८२, काठमाडौं
नेपाली वाङ्गमयको श्रीबृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले नगद राशि ५१ हजार रुपैयाँ राशी सहितको’विश्व ज्योति साहित्य सम्मान’कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मन्जुल’ला अर्पण गर्ने निर्णय गरेको छ ।
गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको ‘विश्व ज्योति साहित्य सम्मान’ पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो ।
वीसको दशकमा राल्फा आन्दोलनका सकृय सहभागी मञ्जुल मूलत कवि तथा गायक हुन् । उनका कविता, गीत, उपन्यास तथा संस्मरणका पुस्तकहरू प्रकाशित छन् । उनका साहिँली मोरीलाई, मृत्यु कविता, मञ्जुलका कविताहरू, चोकटी कविता, सिध्दिचरणहरू, मृत्यु कविता जस्ता कविता कृति, सम्झनाका पाइलाहरु संस्मरण सङ्ग्रह, जाने होइन दाई आलापोट नियात्रा, पारिजातको जीवनमा आधारित राल्फाली उपन्यास “छेकुडोल्मा”, आत्मकथात्मक कृति “पहाडजस्तो-बाटोजस्तो म” लगायतका कृतिहरू प्रकाशित छन् ।
कवि विश्वविमोहन श्रेष्ठकी धर्मपत्नी ज्योति श्रेष्ठको निधनपश्चात् कवि विश्वविमोहन श्रेष्ठ तथा ज्योति श्रेष्ठको नाममा “विश्वज्योति युवा पाण्डुलिपि पुरस्कार” स्थापना गरिएको थियो । गत बर्षदेखि ‘विश्व ज्योति साहित्य सम्मान’ समेत प्रदान गर्न थालिएको थियो र गत बर्ष यो पुरष्कार कवि, उपन्यासकार, कथाकार तथा गीतकार उषा शेरचनलाई प्रदान गरिएको थियो ।
०००
