दुई पुरस्कार वितरण तथा ‘शीतको रुनझुन’ पुस्तक लोकार्पण

मुख्य समाचार

१८ माघ २०८०, काठमाडौं

मु्क्तक दिवसका अवसरमा नेपाल मुक्तक प्रतिष्ठानले आज एक कार्यक्रमको आयोजना गरी रू ५१०००/-राशीको’भीमदर्शन मुक्तक पुरस्कार’ सरू भक्तलाई तथा रू ३१०००/-‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाललाई उनको मुक्तक कृति’आरब्ध’का लागि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले समर्पण गरे ।
स्रष्टा सरूभक्त अनुपस्थित भएका कारण उनको पुरस्कार तथा सम्मान-पत्र प्रमुख अतिथि बैरागी काइँलाले नेपाल मु्क्तक प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेलाई हस्तारण गरेका थिए भने कृष्ण-रत्न-चेतन पुरस्कार र सम्मान-पत्र अनुराधा ढकाल आफैँले प्रमुख अतिथिबाट ग्रहण गरेकी थिइन्।
सोही अवसरमा वरिष्ठ स्रष्टा रत्नशम्शेर थापाको मुक्तक कृति’शीतको रुनझुन’को लोकार्पण गरियो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य कवि दिव्य गिरीले कवि तथा गीतकार रत्नशम्शेर थापाको जीवनी,उनको व्यक्तित्व तथा उनसँगको दुई दशकको सम्बन्धमाथि प्रकाश पारेका थिए। नेपाल मु्क्तक प्रतिष्ठानका उपाध्यक्ष तथा मु्क्तक कृति मूल्याङ्कन समितिका संयोजक कवि वियोगी बुढाथोकीले प्राप्त हुन आएका १२ वटा कृतिहरूबाट पुरस्कारको चयन गरेको बारे संक्षेपमा प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए।
पुरस्कृत स्रष्टाहरूको परिचय सहित स्रष्टा रत्नशम्शेर थापाको कृति’शीतको रुनझुन’बारेमा समीक्षक ज्ञानु अधिकारीले टिप्पणी प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा पुरस्कृत अनुराधा ढकालले आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पार्दै मु्क्तक वाचन गरेकी थिइन्।
नेपाल मु्क्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन यादव भट्टराईले गरेका थिए।
(सुभाषचन्द्र पौडेल’भीमफेदीया’काठमाडौंको सहयोगमा)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *