अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाए

मुख्य समाचार

विश्वपरिक्रमा डेस्क
१२ सेप्टेम्वर, वाशिंटन डिसी

अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाएका छन् । अमेरिकाको औषधी नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोल अर्थात् सिडिसीले उक्त कुरा जनाएको हो । सिडिसीका अनुसार २६ राज्यका आधा जनसङ्ख्याले पूर्ण खोप लगाएका छन् । पूर्ण खोप लगाउने अमेरिकीहरु १७ करोड ८६ लाख ९२ हजार ८७५ पुगेका छन् भने १७ लाख ८० हजारले अगस्त १३ देखि थप डोज समेत लगाएका छन् ।
कूल जनसङ्ख्याको हिसावले ६३ दशमलव १ प्रतिशतले कम्तिमा एक खोप लगाएका छन् भने ५३ दशमलव ८ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
उमेर समूह अनुसार १२ वर्ष माथिका कम्तिमा एक खोप लगाउने ७३दशमलव ८ प्रतिशत छन् भने पूर्ण खोप लगाउने ६३ प्रतिशत रहेका छन् । १८ वर्ष माथिका कम्तिमा एक खोप लगाउने ७५ दशमलव ७ प्रतिशत रहेका छन् भने पूर्ण खोप लगाउने ६४ दशमलव ९ प्रतिशत छन् । त्यसैगरी ६५ वर्ष माथिको उमेर समूहका कम्तिमा एक खोप लगाउने ९२ दशमलव ८ प्रतिशत छन् भने पूर्ण खोप लगाउने ८२ दशमलव ५ प्रतिशत रहेका छन् ।
हालसम्म अमेरिकामा ४ करोड ८ लाख ७० हजार ६४८ जना कोरोना सङ्क्रमित पुगेका छन् भने कूल मृत्यु हुने सङ्ख्या ६ लाख ५६ हजार ३१८ पुगेको छ ।
यो तथ्य सिडिसीको ताजा रिपोर्टमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *