४ माघ २०८२, काठमाडौं
पवन आलोक नियात्रा सम्मान निर्मोही व्यासलाई पहिलोपल्ट प्रदान गरिने निर्णय भएको छ ।
बि.सं. २०७७ सालमा नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलद्वारा स्थापित “पवन आलोक नियात्रा पुरस्कार” कृतिगत रुपमा प्रदान गरिंदै आएको थियो । यसै वर्षदेखि सो पुरस्कार “पवन आलोक नियात्रा सम्मान”का रुपमा योगदानलाई आधार मानी प्रदान गर्ने निर्णय गरिएको हो ।
कृतिगत रुपमा यसअघि पहिलोपल्ट वि.सं. २०७७ मा ‘हिमाल शेर्पा र यती’ नियात्रा कृतिका लागि नियात्राकार भीष्म उप्रेतीलाई,वि.सं. २०७८ मा ‘ग्रीष्मको नीलो बतास’ नियात्रा कृतिका लागि नियात्राकार डा दामोदर पुडासैनी किशोरलाई, वि.सं. २०७९ मा ‘मिसर’ नियात्रा कृतिका लागि इल्या भट्टराईलाई तथा वि.सं. २०८० मा ‘गंगचुलीको हिउँ’ नामक नियात्रा कृतिका लागि नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो ।
पचास हजार राशीको सो पुरस्कार अब सम्मानको रूपमा निर्मोही ब्यासले पहिलोपल्ट पाउनेछन् ।
सो कुराको जानकारी नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले दिएकी हुन् ।
०००
