१७ कार्तिक २०८१, काठमाडौं
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्तीको अवसरमा
छहरा साहित्य समाज, धापासीले एक कार्यक्रमको आयोजना गरी महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती कार्यक्रमको आयोजना ग-यो । कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा सम्बन्धी चर्चा, रचना पाठ तथा कविता वाचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. नारायण प्रसाद कट्टेलले देवकोटाको काव्यसाधना बारे मन्तव्य प्रस्तुत गर्नुका साथै सान्दर्भित कविता समेत पाठ गरेका थिए ।
कार्यक्रममा तिलक शर्मा पौडेल, वसन्त खनाल, धीरज गिरी ‘कल्पित’, भोला प्रेमी, कमला गौतम, आनन्द पौड्याल आदि कविहरूले देवकोटा सम्बन्धी कविता पाठ गरेका थिए ।
कवयित्री कमला गौतमले देवकोटाको कविता ‘यात्री’ को रचना गर्भको बारेमा चर्चा गरेकी थिइन् ।
साहित्यकार योगेन्द्र तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको शुरुमा समाजका सचिव भोला प्रेमीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्तमा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले कार्यक्रममा सहभागी साहित्यकार एवम् साहित्यानुरागीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कवि तोया गौतमले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।