१० कार्तिक २०८१, काठमाडौं
निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ एक कार्यक्रम बीच ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतबाट सामुहिक बिमोचन सम्पन्न भएको छ ।
कार्य्क्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले धोबीघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको सम्झना गरे ।
नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो,संगीत सुने जस्तो,महाकाव्य पढेजस्तो अनुभूति भएको बताए ।
गीतकार एवं कवि एसपी कोइरालाले निबन्धहरू इमानदारी एवम् बौद्धिकताको कसीमा घोटिएका बताए ।
कवि विष्णुविभु घिमिरेले तथा निबन्धकार श्रीओम श्रेष्ठले समेत पुस्तक बारे आआफ्ना धारणा ब्यक्त गरे ।
बिमोचित कृतिका स्रष्टा निबन्धकार मुकुन्द राज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धाँश वाचन गरे।
बिमोचित कृतिबारे निबन्धकार कुमारी लामा र प्रा.डा.दयाराम श्रेष्ठले चर्चा गरेका थिए ।
निबन्धकारका दाजु एवं बरिष्ठ कलाकार हरिहर शर्माले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्वारा रचित गीत गाएका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी एवं कवि ठाकुर बेलबासेले गरेका थिए ।
