जीवन (कविता)

कविता

सुभाषचन्द्र पौडेल भीमफेदीया

जीवन-
एउटा यात्रा रहेछ
आरोह-अवरोहको
सुख-दुःखको
माया-मोहको
अनुभव र अनुभूतिको
समझदारी र सम्झौताको
त्याग र बलिदानको
समर्पण र प्राप्तिको
आकस्मिक र अनिश्चयको
सौन्दर्य र मिठासको
जीवन-
साँच्चै नै
अनुपम रहेछ
स्वर्णिम रहेछ
अवर्णनीय रहेछ
अचम्मको
यो संसारको।

000

कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको कविता सङ्ग्रह “तील गङ्गा गोविन्द”(विसं २०७९) तथा “सम्झना विर्सना” (२०८०) गद्यकृति प्रकाशित छन् । यसअघि उनको पहिलो कृति गीत,सङ्गीत तथा गायन क्षेत्रका साधकहरूसँगको भेटवार्ता “त्रिवेणीका लहरहरू” (विसं २०४४) श्रीरामसिंह वस्नेतसँगको सहलेखनमा प्रकाशित भएको थियो । उनले तीसको दशकमा “कुरौटे” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनको माध्यमबाट साहित्यिक पत्रकारको छवि समेत निर्माण गरेका थिए । मकवानपुरको भीमफेदीमा जन्मेका उनी हाल काठमाडौं वस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *