विश्वपरिक्रमा डेस्क
यमनका नागरिकहरुलाई अमेरिकाले दिइरहेको टिपिएस सुविधा ३ मार्च २०२३ सम्म विस्तार हुने भएको छ । यो सुविधा पुन: सन् २०२१ सेप्टम्वरदेखि लागु हुनेछ ।
यमनमा अझै असामान्य अल्पकालीन अस्थायी समस्या विद्यमान भएर यो सुविधा विस्तार गर्न लागेको गृह रक्षा मन्त्रालयले जनाएको छ । गृह रक्षा मन्त्री अलेजाण्ड्रो एन मायोर्कासले जनाए अनसार यमनले अझ खराब हुँदै गएको मानवीय र आर्थिक अवस्था व्यहोरिरहेको छ जसले यमनीहरुलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन रोक्छ सहज छैन, त्यसकारण टिपिएस विस्तार र पुन: नामाङ्कित गरिएको छ र यी व्यक्तिहरू संयुक्त राज्य अमेरिकामा अस्थायी रूपले सुरक्षित रुपमा बस्न पाउने सुविधामा निरन्तरता दिइएको छ ।
अमेरिकामा हाल यमनसहित बर्मा, एल साल्भाडोर, हाइटी, होण्डुरस, निकारागुवा, सोमालिया, सुडान, दक्षिणी सुडान, सिरिया, भेनेज्वेला तथा नेपालका नागरिकहरुले यो सुविधा उपभोग गरिरहेका छन् ।