७ माघ २०८०, काठमाडौं
५० वर्षदेखि नेपाली साहित्यको विशेषतः कविता काव्यमा समर्पित साहित्यकार नारायण गोदारे अर्थात् नारायणप्रसाद बास्कोटाको ७ माघ २०८० का दिन उपचारको क्रममा निधन भएको छ। मुटु तथा मृगौला रोगले पीडित उनी चाबहिलस्थित मेडिकेयर अस्पतालमा उनको निधन भएको हो । उनको जन्म विसं २०११ साल फागुन ७ गते धनुषाको गोदारमा जन्मेका थिए । गोदारमा जन्मेकाले आफ्नो जन्मथलोको नामलाई नै उपनामको रुपमा राखेका थिए ।
विसं २०३१ सालमा पहिलो रचना “जीवन जाँच” कविता प्रकाशन गरेपश्चात् उनको लेखनीले निरन्तरता पाएको थियो ।
पैंतालीस धुँगा (कवितासङ्ग्रह, २०५१), गँजडी भँङगी (अखण्ड काव्य, २०५२), सिद्धिचरण (नेवारभाषामा कविता, २०५६), देवघाट (कथासङ्ग्रह, २०५६), शवयात्रा जारी छ (कवितासङ्ग्रह, २०५७), सिद्धिचरण एक र अनेक (नव्य काव्य, २०५८), अनाहकका उद्गारहरू (कवितासङ्ग्रह, २०५९), स्वराष्ट्रका वीरेन्द्र (महाकाव्य, २०५९), कुलचन्द्र स्मृति (खण्डकाव्य, २०६०), फूल (खण्डकाव्य, २०६१) लगायतका कृतिहरु प्रकाशित छन् ।