रविन्द्र केसीको’सम्बन्धको दोबाटो’ विमोचन

मुख्य समाचार

१४ पुस २०८०, काठमाडौं

केही समय यता विभिन्न पत्र पत्रिकामा सुपाठ्य कथा नियमित लेखेर प्रकाशित गराउँदै आएका कथाकार रविन्द्र केसीको पहिलो कथा सङ्ग्रह ‘सम्बन्धको दोबाटो’को विमोचन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम, हरिअधिकारी, श्रीओम श्रेष्ठ रोदन, ज्ञानु अधिकारी, राजकुमार वानियाँ, लेखक स्वयम तथा मञ्चासिन व्यक्तित्वहरुले सामुहिक रुपमा सो कृति बिमोचन गरेका हुन् ।

विमोचनपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने चर्चा गरे । साहित्यकारहरु डा. ध्रुवचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्य कर्ममा समेत इमानदार,निष्ठावान र सफल रहेको चर्चा गरे।

समीक्षकद्वय राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए।

कथाकार रविन्द्र केसी प्रहरी सेवामा प्रहरी नायव महानिरिक्षकको पदमा रहेका छन् । कार्यक्रमको शुरुमा उनले स्वागत मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *