२७औं मुक्तक मेलामा “भित्र कतै दुखेपछि”लोकार्पित

मुख्य समाचार

३० भदौ २०८० , काठमाडौँ

नेपाल मुक्तक प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि  साहित्यकार एवम् वरिष्ठ चलचित्र निर्देशक यादव खरेलले प्रकाशलाल श्रेष्ठको मुक्तकसङ्ग्रह “भित्र कतै दुखेपछि “को  लोकार्पण गरे  ।
लोकार्पित कृति र कृतिकारका बारेमा प्रा.डा.लक्ष्मणप्रसादगौतम, ज्ञानुवाकर पौडेल, रुद्र ज्ञवाली, वसन्तलाल श्रेष्ठ, यादव भट्टराई लगायतले चर्चा गरे ।
कृतिकार प्रकाशलाल श्रेष्ठले समेत आफ्आनो लेखकीय मन्फ्नातब्य प्रस्तुत गरे  ।
कृति लोकार्पणपश्चात् दोस्रो चरणमा नेपाल मुक्तक प्रतिष्ठानद्वारा नियमित मुक्तक मेलाको २७औँ शृङ्खला सम्पन्न भयो । मुक्तक मेलामा कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले मुक्तक वाचन गरेर मुक्तक मेलाको २७औँ शृङ्खला आरम्भ गरिएको थियो । तत्पश्चात् रामकाजी कोने, ज्ञानुवाकर पौडेल, दिव्य गिरी, रुद्र ज्ञवाली, किशोर पहाडी, यादव भट्टराई, प्रकाशलाल श्रेष्ठ, जसध्वज गुरुङ, विष्णुबहादुर सिंह, अनुराधा ढकाल, पार्वती भट्ट, निर्मलरमण पराजुली, विजयध्वज थापा, मदनराज थापा, शान्तिनारायण श्रेष्ठ, उषा के सी, सुनील अधिकारी, ममता मृदुल, मीना चौलागाईं, दुर्गा किरण तिवारी, प्रकाश घायल, शान्ति शर्मा, उदास कार्की, श्यामकृष्ण मास्केले तीन तीन वटा मुक्तक वाचन गरेका थिए ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजि कोनेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको शुरुमा प्रतिष्ठानका सदस्य विष्णुबहादुर सिंहले स्वागत मन्तव्य र कार्यक्रममाथि प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *