३० भदौ २०८०, काठमाडौं
बाग्लुङलाई कर्म क्षेत्र बनाएका साहित्यकार काजिरोशन अश्वस्थ भएछि भदौ २८ देखि शिक्षण अस्पताल महाराजमा उपचाररत रहेको थाहा भएको छ ।
उनकी श्रीमतीको अश्वस्थताका कारण झण्डै तीन महिनादेखि सोही अस्पतालमा कुरुवा बसेका उनी अहिले आफैं सिकिस्त भै उपचाररत रहेका छन् । उनी बाग्लुङमा आयोजना गरिने साहित्यिक पुरस्कार वितरण समारोहमा सरिक हुन काठमाडौंबाट बाग्लुङ गएका थिइ । तर पुरस्कार वितरणको दिन विहानै उनी उपचारार्थ काठमाडौं फिर्ता भएको पुरस्कार प्राप्त लेखक आकाश अधिकारीले विश्वपरिक्रमालाई बताए ।
काजि रोशनले भेट्न ईच्छा गरे अनुसार आकाश अधिकारी उनलाई भेट्न तनहुँबाट शिक्षण अस्पताल पुगेका थिए ।
तर अहिले उनको स्वास्थ्यमा सुधार भएको र केही दिनमै डिस्चार्ज हुन सक्ने अवस्था भएको थाहा भएको छ ।
विश्वपरिक्रमा साहित्यकार काजिरोशनको शिघ्र स्वासथ्यलाभको कामना गर्दछ ।
