१६ मार्च २०२६, नयाँ दिल्ली
भारतको साहित्य अकादमी पुरस्कारको घोषणा भएको छ र सन् २०२५ को नेपाली भाषा तर्फको साहित्य अकादमी पुरस्कार “नेपाली परम्पारिक संस्कृति र सभ्यताको ढुकुटी” कृतिका लागि सिक्किमेली साहित्यकार चन्द्रप्रकाश भट्टराई शर्मालाई प्रदान गरिने भएको छ ।
साहित्य अकादमीले जनाए अनुसार यो कृति पुरस्कार प्रदानका लागि मोहन ठकुरी, पूर्ण योन्जन तथा रुद्र ज्ञवालीको मूल्याङ्कन समितिको सिफारिसमा यो पुरस्कारको निर्णय गरिएको हो ।
भारतमा नेपाली भाषाले मान्यता प्राप्त गरेपछि पहिलोपल्ट सन् १९७७ मा “नेपाली उपन्यासका आधारहरू” समालोचना कृतिका लागि इन्द्रबहादुर राईले यो पुरस्कार प्राप्त गरेका थिए ।
साहित्य अकादमी पुरस्कार भारतीय सम्बिधानले मान्यता दिएका २४ भाषाका कृतिहरूलाई हरेक बर्ष प्रदान गर्ने गरिन्छ । त्यसरी मान्यताप्राप्त भाषाहरूमा नेपालीसहित असमिया, बङ्गाली, बोडो, डोगरी, अङ्ग्रेजी, गुजराती, हिन्दी, कन्नड, काश्मिरी, कोनकानी, मैथिली, मलयालम, मणिपुरी, मराठी, ओडिया, पञ्जावी, राजस्थानी, संस्कृत, सान्तली, सिन्धी, तमिल, तेलुगु तथा उर्दू रहेका छन् ।
000
